२ नम्बर प्रदेशमा हुने निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने प्रचण्डको दाबी

काठमाडौं, भदौ १३ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो चरणअन्तर्गत २ नं प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभएको छ ।

आज बिहान सप्तरीको खडक नगरपालिकास्थित विसनपुरमा आयोजित अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उहाँले अन्य प्रदेशमा आफ्नो पार्टी तेसं्रो स्थानमा खुम्चिए पनि २ नं प्रदेशको स्थानीय तह निर्वाचनमा पहिलो बन्ने दाबी गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले सबै एक जुट भए प्रचण्डले माओवादी केन्द्रका कारण देशको एकता र समृद्धि सम्भव भएको उल्लेख गर्दै माओवादीले बिगार्न र भत्काउन मात्र सिपालु छ भन्नेलाई आफ्नो नेतृत्वको अघिल्लो सरकारले १० महिनामा त्यो भ्रमलाई पूरै गलत सावित गर्न सफल भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *