चोटग्रस्त भनिएका कोटिन्हो ब्राजिलबाट खेल्दै

एजेन्सी । प्रिमियर लिगमा चोटका कारण देखाउँदै फिलिपे कौटिन्होले सिजनको सुरुआत गरेका छैनन् । तर, ब्राजिलियन चिकित्सकले चोटभन्दा कोटिन्होलाई तनाब बढी भएको बताएका थिए । ब्राजिलियन कौटिन्होले यो सिजन लिभरपुलबाट खेलेका छैनन्, खासमा उनी बार्सिलोना जान चाहेको लामो समयदेखि चर्चा चलिरहेको छ । तर, क्लबले भने समस्या भएकोले खेल्न नसकेको बताउदै आएको छ ।

कौन्टिहोले यो साता इक्वेडरविरुद्ध हुने विश्व कप छनोटमा भने खेल्ने सम्भावना रहेको छ । सोमबार टोलीको प्रशिक्षणमा उनले पनि भाग लिएका थिए । बाज्रिलियन टोलीका चिकित्सक टोलीका मिचेल सिमोनीले उनको पछाडि चोटको समस्या भन्दा पनि भावनात्मक कारणले बढी विषय पाएको बताए ।

‘कौन्टिहोलाईृ पछाडिको समस्या ? अहिले उनी ठिक छन् । तनाबकै कारण पछाडि समस्या भएको हो । यो केही भावानात्मक विषय पनि हो ’ कौटिन्होसँगको भेटपछि सिमोनीले भने, ‘अनिश्चित भविष्यलाई लिएर उनमा केही तनाब छ । अब सबै समाधान भएको छ ।’कौटिन्हो र आफु लामो समयदेखि साथी रहेको उल्लेख गर्दै भने कुनै समस्या हुँदा आफैले सल्लाह दिने गरेको सिमोनीले बताए ।

बार्सिलोनाको कौटिन्हो किन्ने तीन पटकसम्मको प्रयासलाई लिभरपुलले अस्वीकार गरिसकेको छ । पछिल्लो पटक बार्सिलोनाले १ सय १४ मिलियन पाउन्डको प्रस्ताव राखेको थियो । यद्दपी बार्सिलोनाका पदाधिकारीले भने ट्रान्सफर विन्डो बन्द हुनुअघि अझै पनि खेलाडी किन्ने सम्भावना रहेको बताएका छन् ।

‘अहिले पनि हामी उनीसँग छलफल मै छौं । उनी आउने सम्भवना अझै बाँकी छ । हामी यसको सकारात्मक अन्त्य होस् भन्ने चाहन्छौं,’ बार्सिलोनाका सचिव रोर्बेट फर्नान्डेजले भने, ‘ हामी नयाँ खेलाडी प्रस्तुत गर्न सफल हुनेछौं भन्ने विश्वास छ । एक वा दुई खेलाडी अझै आउन सक्छन् । हामी दुईजना सँग सम्पर्कमा छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *