महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण हुने

विष्णु जोशी, धनगढी । सीमावर्ती महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण सुरु हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ १५ गते मध्यान्ह उक्त पुलको शिलान्यास गर्ने तय भएको छ । शारदा ब्यारेजको साँघुरो पुलबाट भारततर्फ आवतजावत गर्दै आएका सुदूरपश्चिमका बासिन्दालाई उक्त पुल निर्माणपछि सहज हुने भएको छ ।

सडक विभागको पुल महाशाखाका अनुसार उक्त पुलको करिब तीन अर्ब लागतमा निमार्ण सम्पन्न गर्ने अनुमान गरिएको छ । उक्त परियोजना पूर्ण सरकारी लगानीको रहेको महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।

यस्तै, गड्डाचौकीदेखि महाकाली नदीपारिका दुई गाउँ दोधारा चाँदनीसम्म सर्भिस ट्रयाकसहित ६ लेनको पक्की सडक पनि निर्माण हुने निश्चित भएको छ । उक्त सडकको लम्बाइ सात दशमलव आठ किलोमिटर छ । भने, चाँदनी र दोधारामा सुख्खा बन्दरगाह निर्माण हुनेछ । ती योजनालाई सुदूरपश्चिमका बासिन्दाले ऐतिहासिक महत्वको भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *