स्थानीय तहको शासन सञ्चालन विधेयकमा संसदीय समितिमा छलफल


“
काठमाडौं, भदौ १३ । स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तिम अवस्थामा पुगेको छ । व्यवस्थापिका संसदको विकास समितिले त्यसलाई अन्तिम रुप दिने तयारी गरेको छ । विधेयकमा १ हजार ५६ ओटा संसोधन परेको थियो ।
ती संसोधन सबै अध्ययन गरेर विधेयकलाई अन्तिम टुङ्गो लगाउने काम अन्तिम अवस्थामा पुगेको बिधेययक निर्माणका लागि गठित विशेष उपसमितिका सदस्य बैजनाथ चौधरीले आज छलफल गरेर अन्तिम रुप दिने बताउनुभयो । सन्चारकर्मीसंगको कुराकानीमा उहाँले आज बस्ने उपसमितिको बैठकले बिधेयकलाई अन्तिम टुङ्गो लगाउने बताउनुभयो । उपसमितिले एक साता भित्रै विकास समितिलाई पुरा प्रतिवेदन दिनेछ ।
विकास समितिले आवश्यक ठानेमा केही छलफल गरेर संसद सचिवालयमा दर्ता गर्नेछ । व्यवस्थापिका संसदबाट पारित भएपछि ऐन कार्यान्वयनमा आउने छ । पहिलो चरणको स्थानीय तह निर्वाचन भएको ३ महिना कटिसक्दा पनि ‘स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले पूर्णता नपाउँदा जनप्रतिनिधिलाई काममा अप्ठ्यारो परेको छ ।
“
