सुनसरीमा बाढीले दुई अर्बको क्षति

भाद्र १२, धरान । अविरल वर्षाका कारण सुनसरीमा बाढीले २ अर्बभन्दा बढीको क्षति पु¥याएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । समितिका अनुसार दुई साता अघि आएको अविरल वर्षाका कारण आएको बाढीले २ अर्ब ११ करोड पाँच लाख ३२ हजार ८८ रुपैयाँ बराबरको क्षति पु¥याएको हो ।

बाढीले कृषि, पूर्वाधार, विद्यालय, पशु, खानेपानी, वन, सडक, सिँचाई र उद्योग कलकारखाना विशेष क्षति पु¥याएको समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।

‘कृषिमा मात्रै ६९ करोड भन्दा बढीको क्षति पु¥याएको छ । त्यस्तै पूर्वाधारमा चालिस करोड ८४ लाख ६५ हजार, विद्यालय तर्फ तीन करोड, निजी घरतर्फ २१ करोड माथि क्षति पु¥याएको छ ।’ प्रमुख जिल्ला अधिकारीले बताए ।
सिचाईमा झन्डै ८० करोड रुपैयाको क्षति पु¥याएको सुनसरी मोरङ सिँचाई आयोजनाका सिनियर डिभिजनल इन्जिनियर प्रदीप वान्तवा राईले बताए ।

जनमुक्तिले बनाई दियो घर

यसैबिच राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समिति सुनसरीको पहलमा रोगबाट पीडित अतिविपन्न एक दलित परिवारलाई घर निर्माण गरिदिएको छ ।

करिब डेढ लाख रुपैयाँको लागतमा घर निर्माण गरी सोमबार एक कार्यक्रमका बिच पार्टीका केन्द्रीय उपाध्यक्ष तथा लिम्बुवान इन्चार्ज चन्द्रबहादुर खापुङहाङले हस्तान्तरण गरे ।

बराह नगरपालिका–८ सालबन्दी बाँधडाँडाकी एकल महिलासमेत रहेकी बालकुमारी बिकले घर प्राप्त गरेपखि खुसी हुँदै पार्टीलाई धन्यवाद दिइन् । वैदेशिक रोजगारी अन्तर्गत इजरायलमा रहेका पार्टीका मध्यपूर्व एसिया इन्चार्ज सरिख ख्युङ्वाको आर्थिक सहयोगमा घर निर्माण गरी हस्तान्तरण गरिएको जिल्ला अध्यक्ष विवेक राई छिन्ताङ्गेले बताए । उनका अनुसार सरिनले एकलाख ३५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *