राप्रपा विभाजनको विषय सदनमा

काठमाडौं, भदौं १२ । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीको विभाजनको विषयले प्रवेश पाएको छ । बैठकमा सभामुखसँग समय लिएर राप्रपाका सांसद दिलनाथ गिरीले आफ्नो पार्टीको विभाजन योजनाबद्ध तवरले गरिएको आरोप लगाउनुभयो ।

सत्तापक्षिय दलकै प्रयासमा राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन गरिएको आरोप लगाउँदै उहाँले नयाँ दल दर्ताका लागि संसद् र केन्द्रीय समितिमा ४० प्रतिशत पु¥याउनुपर्नेमा त्यसो नगरिएको र हचुवाको भरमा निर्वाचन आयोगले समेत दल दर्ता गरिदिएको बताउनुभयो । गिरिले आफ्नो धारणा राखिरहँदा नयाँ दल दर्ता गराएका राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका सांसदहरुले नियमापत्ति जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *