दोक्लम विवाद सहमति नजिक

एजेन्सी । भारतीय विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दोक्लमबाट सेना फिर्ता गर्ने सहमति भएको बताएको छ । यसबाट दुई महिनाभन्दा लामो समयदेखि भारतीय चिनियाँ सैनिकबीच दोक्लममा जारी तनाव हट्ने संकेत देखिएको छ । प्रेस विज्ञप्तिमा भारतीय विदेशमन्त्रालयले ‘दोक्लमबाट सीमा सुरक्षा बललाई शीघ्र फिर्ता गर्ने सहमति बनेको’ जनाइएको छ ।

‘हालैका साताहरुमा दोक्लम घटनालाई लिएर भारत र चीनले कूटनीतिक सञ्चार कायम राखेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसै आधारमा सीमा सुरक्षा बलका जवानहरुलाई दोक्लमको विवादित स्थानबाट शीघ्र फिर्ता गर्ने सहमति बनेको हो र सो प्रक्रिया जारी छ ।’

कुनै पनि वार्ता सुरु हुनुअघि भारतीय सेना त्यहाँबाट फिर्ता हुनुपर्ने अडान चीनले राख्दै आएको थियो । चीनले पनि दोक्लमबाट भारतीय सैनिक हटेको पुष्टि गरेको पिपुल्स डेली चाइनाले जनाएको छ ।

भुटान र चीनबीच विवादित क्षेत्र दोक्लममा चीनले सडक निर्माण गर्न थालेपछि जुन १६ मा त्यहाँ भारतीय सेना पुगेर अवरोध गरेको थियो । त्यसयता दुवै देशका सेना, सरकारी अधिकारी र सञ्चारमाध्यमले एक अर्काका विरुद्ध विषवमन गर्दै आएका थिए । चीनले १९६२ को युद्ध दोहोरिन सक्ने चेतावनी पनि दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *