एनआरएन यूकेको अध्यक्षमा त्रिपक्षीय भिडन्त


लन्डन—गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) यूकेको ९ सेप्टेम्बरमा हुन गइरहेकोको ७ औँ महाधिवेशनमा नेतृत्वको लागि त्रिपक्षिय भिड्न्त सुनिश्चित भएको छ । हिजो (शनिवार) सम्पन्न उम्मेदवार नाम दर्ता गराउने दिन तीन जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएपछि त्रिपक्षिय भिडन्त सुनिश्चित भएको हो ।

एनआरएनए यूकेको ९ सेप्टेम्बरमा हुन लागेको सातौँ राष्ट्रिय अधिवेशन तथा नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षमा कृष्ण तिमिल्सिना, योगकुमार फगामी र हिराधन राईले नाम दर्ता गराएका छन् । तीन जना आइसीसी सदस्यका लागि चिरन शर्मा, शान्ति थापा कुंवर, कुमारी गुरुङ, जयप्रकाश गुरुङ र अर्जुन कटुवालले उम्मेदवारी दर्ता गरेका छन् । उपाध्यक्षमा ११ जनाको उम्मेदवारी परेको छ ।

महासचिवमा ३ जना, उपमहासचिवमा २ जना, सचिवमा ४ जना, कोषाध्यक्षमा ३ जना, सहकोषाध्यक्षमा २ जना, महिला संयोजकमा १ जना, युवा संयोजकमा ३ जना, सदस्यमा १५ जना र आइसीसी सदस्यका लागि ५ जनाले नाम दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

सबै पदमा कुल ५३ जनाको उम्मेदवारी परेको छ । सातौँ अधिवेशनमा भाग लिन ३ हजार ६ सय २५ जना बेलायतका गैर आवासीय नेपालीले सदस्यता आवेदन दिएका छन्। ५० प्रतिशत (१ हजार ७ सय १३) आवेदन अनलाईन मार्फत र बाँकी १ हजार ८ सय ६२ कागजी फाराम मार्फत सदस्यता प्राप्त भएको जानकारी एन आर एन युकेका अध्यक्ष मुच्छेत्र गुरुङले दिए।

हेर्नुहोस् नामावलीः 

अध्यक्षका उम्मेदवार

१) कृष्ण तिमिल्सिना
२) योगकुमार फगामी
३) हिराधन राई

उपाध्यक्षका उम्मेदवार

१) पुनम गुरुङ
२) दीपक कुमार श्रेष्ठ
३) ललितकुमार न्यौपाने
४) दयानिधी सापकोटा
५) शुशिला राई
६) शेरबहादुर सुनुवार
७) भोलानाथ खनाल
८) राष्ट्रकुमार राई
९) डा. प्रेम बहादुर आले
१०) डा. दिपिल कुमार यादव
११) प्रेम गाहा मगर

महासचिवका उम्मेदवार

१) फडिन्द्र भट्टराई
२) खुसी तावा लिम्बु
३) राजकुमार त्रिपाठी

उपमहासचिवका उम्मेदवार

१) कृष्ण तिवारी
२) विनय अधिकारी

सचिवका उम्मेदवार

१) तारानाथ भण्डारी
२) सुरज मास्के
३) सुनिलबाबु खड्का
४) नारायण पौइल ‘गाउँले’

कोषाध्यक्षका उम्मेदवार

१) सालिकराम सापकोटा
२) सचिन श्रेष्ठ
३) महेश गिरी

सहकोषाध्यक्षका उम्मेदवार

१) सुरज पौडेल
२) गजेन्द्र गुरुङ

महिला संयोजक

१) लिला देवी गुरुङ

युवा संयोजक

१) राजन खकुरेल
२) विरेन्द्र श्रेष्ठ
३) कुमार थापा
४) लालबहादुर गुरुङ

सदस्यहरू

१) कोलेश्वर ढकाल
२) तिलकम भट्टराई
३) गंगाबहादुर राना
४) अर्क राज तिमल्सिना
५) जीत बहादुर रानाभाट
६) पवन शर्मा
७) कमल कंडेल
८) बिमला लिम्बु
९) मनिष खड्का
१०) विष्णु प्रसाद खरेल
११) पर्शुराम पाण्डे
१२) होमनाथ पौडेल
१३) डेविन्द्र थापा
१४) मुकेश राना
१५) पवन राई

आइसीसी सदस्य

१) शान्ति थापा
२) देवराज आचार्य ‘चिरन’
३) जय प्रकाश गुरुङ
४) कुमारी गुरुङ
५) अर्जुन कुमार कटुवाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *