बर्षौ विदेशमा दुख : घर आउँदा न सम्पत्ति न श्रीमती

“
धनकुटा – साँगुरीगढी गाउँपालिका १ का भीम लिम्बूले आफू विदेशबाट आएलगत्तै लाखौं नगद र गहनासहित श्रीमती बेपत्ता भएकाले खोजी गरिपाउँ भन्दै प्रहरीमा निवेदन दिएका छन् । आजको कान्तिपुर मा खबर छ ।
विदेशमा दुख गरेर कमाएको पैसा र गहना बोकेर एक साता पहिले हराएकी श्रीमती अहिलेसम्म फेला परेकी छैनन् ।
श्रीमती युनिशा लिम्बू अढाई बर्षीय छोरा र पाँच लाख सहित बेपत्ता रहेको उजुरीमा उल्लेख छ ।
-त्यस्तै धनकुटा ५ की ४४ बर्षीया विन्दु श्रेष्ठ छोरी अस्मिता सहित गत साता वेपत्ता भएको प्रहरीमा उजुरी परेको छ ।
पति टुक बहादुरले विदेशबाट पठाएको पाँच लाख नगद सहित उनी वेपत्ता भएकी हुन् ।
-यसैगरी, धनकुटा २ का डम्बर बहादुर राईको पनि पीडा उस्तै छ । विदेशबाट पठाएको पाँच लाख नगर र दुई तोला सुन सहित पत्नी बेवत्ता भएपछि उनले पनि प्रहरीमा खोजी गरिदिन निवेदन दिएका छन् ।
माथिका घटना उदाहरण मात्र हुन् । यस्ता प्रकृतिका दर्जनौं उजुरी जिल्ला प्रहरी कार्यालयमा दैनिक जसो पर्ने गरेका छन् ।
“








