सर्लाहीमा नमूना मतदान

सर्लाही, भदौ १० । सर्लाहीका तीन स्थानमा आज नमूना मतदान गराईएको छ । आसन्न स्थानीय तह निर्वाचनमा बदर मत संख्या कम गर्ने उद्देश्यले नमूना मतदान गराईएको सर्लाहीका जिल्ला निर्वाचन अधिकारी दीवाकर भुजेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार लालबन्दी नगरपालिकाको पत्थरकोट, हरिवन नगरपालिकाको ताईवान बस्ती र बागमती नगरपालिकाको कार्यालयमा नमूना मतदान गराईएको हो । स्थानीय वासिन्दालाई मत बदर नहुने गरि कसरी मत खसाल्ने भनेर सिकाईएको निर्वाचन अधिकारी भुजेलले बताउनुभयो । यसअघि बिहिवार सदरमुकाम स्थित मलंगवा नगरपालिका कार्यालयमा नमूना मतदान गराईएको थियो ।

आगामी बिहिवार देखि वडा स्तरमै निर्वाचन शिक्षा कार्यकर्ता खटिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार असोज २ मा हुन लागेको तेस्रो चरणको निर्वाचनमा सर्लाहीबाट ३ लाख ६६ हजार ६ सय ५ मतदाताले भाग लिदैछन् । पछिल्लो पटक साउन १ देखि भदौ ३ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली संकलनमा नाम दर्ता गरेकाहरुले भने यो निर्वाचनमा सहभागी हुन पाउने छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *