डेढ क्विन्टलको समोसा खाने हिम्मत छ भने मात्र यो समाचार पढौँ !

बिहान समोसासँगै तरकारी चपाउँने जो सुकैलाई थाहा नै छ, समोसा कत्रो हुन्छ । एक डल्लो त हुन्छ नि । तर, अहिलेसम्म कहीककतै डेढ क्विन्टलको समोसा देख्नु भएको छ ? हो,पुरै १५ घण्टाको समय लगाएर तयार पारिएको छ विश्वको सबैभन्दा ठुलो समोसा । यो समोसा डेढ क्विन्टल अर्थात् १५० किलो वजनको छ ।

बेलायतको राजधानी लण्डनमा बनाइएको उक्त समोसाले चर्चा बटुलिरहेको छ । नबटुलोस् पनि किन रु यो विश्वको सबैभन्दा ठुलो समोसा हो ।

पूर्वी लण्डनको एक मस्जिदमा यो समोसा बनाइएको छ । मुस्लिम समाजको सामुदायिक सेवासँग जोडिएको एक सङ्गठनले यो समोसा बनाएको हो । समोसा बनाउन पुरै १५ घण्टाको समय लाग्यो । यो समोसा तयार पारेर पछि घरबार विहिन मानिसहरूलाई खानाको रूपमा वितरण गरियो ।

यो समोसा बनाउने क्रममा मस्जिदमै गिनिज बुक अफ वल्र्ड रेकर्डस्का कर्मचारी पनि उपस्थित भएका थिए । गिनिज अधिकारीका अनुसार समोसा बनाउन सबै नियमहरू विधिपूर्वक पालना गरिएको छ । समोसाको स्वाद चाखिसकेपछि गिनिज अधिकारीले उक्त समोसालाई विश्वकै ठुलो समोसाको उपाधि प्रदान गरे ।

स्मरण रहोस् यसअघि पनि सबैभन्दा ठुलो समोसाको किर्तिमान बेलायतकै नाममा थियो । सन् २०१२ मा बेलायतमै ब्रेडफोर्ड कलेजमा १ सय १० किलोको समोसा तयार पारिएको थियो ।

                                                                    एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *