मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

एमालेको कावा अध्यक्षको जिम्मेवारी उपाध्यक्ष गौतमलाई

काठमाडौं, भदौ ९ । नेकपा एमालेको कावा अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बामदेव गौतमले पाएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले आफू उपचारकाक्रममा शुक्रबार थाइल्यान्डको बैंकक गएपछि नेता गौतमलाई कावा अध्यक्षको जिम्मा दिएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

नेता ओली यही भदौ १४ गते स्वदेश फिर्ता हुने जनाइएको छ ।

प्रतिकृयाहरु
Loading...