प्रदेशसभा निर्वाचनका लागि एमालेद्वारा आयोगमा दल दर्ता

काठमाडौं, भदौ ९ । नेकपा एमालेले प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

एमाले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वको टोली शुक्रबार आयोग पुगेर दल दर्ता गरेको हो । दल दर्तापछि उपाध्यक्ष गौतमले नेकपा एमाले प्रदेश निर्वाचनका लागि उत्साहका साथ लागिपरेको बताए ।

निर्वाचन आयोगले भदौ ११ गतेसम्म दल दर्ताका लागि मिति तोकेको छ । अहिलेसम्म ४४ दलले प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *