साफ यु-१५ : सेमिफाइनलमा आज नेपाल र बङ्गलादेश भिडदै

भदाै ९, काठमाडौँ । साफ यु–१५ फुटबल च्याम्प्यिनसिप अन्तर्गत नेपालले अाज बङ्गलादेशको सामना गर्नेछ । अाज दुवै सेमिफाइल एकै समयमा हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रृतिम मैदानमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदा हलचोकस्थित नेपाल एपिएफको मैदानमा भारतले भुटानको सामना गर्नेछ ।

बङ्गलादेशको सामना गर्दा नेपाली युवा टोलीमाथि यस अघिको उमेर समूहको नतिजालाई निरन्तरता दिनु हुनेछ । यस अघि यु १६ का नाममा भएको च्याम्पियनसिपमा तीन पटक भेट्दा पनि नेपाल पराजित भएको छैन । सन् २०११ मा पहिलो संस्करणमा नेपाल र बङ्गलादेशले गोलरहित बराबरी खेलेका थिए ।

त्यही संस्करणको तेस्रो स्थानको खेलमा भने नेपालले बङ्गलादेशमा २–१ ले हराएको थियो । हेमन्त थापा मगरको कप्तानीमा रहेको टोलीले अर्को संस्करणमा फाइनलमा स्थान बनाउन नेपालले बङ्गलादेशलाई दशरथ रङ्गशालामा ५–१ पराजित गरेको थियो । फेरि एक पटक नेपालले घरेलु मैदानमा बङ्गलादेशको सामना गर्दै छ ।

साविक विजेताको हैसियतमा नेपाल आएको बङ्गलादेशलाई हराउन त्यति सहज भने छैन । समूह चरणका दुई खेलमा बङ्गलादेशले ७ गोल गरिसकेको छ । श्रीलंकालाई ४–० र भुटानलाई ३–० ले हराउँदै बङ्गलादेश समूह ‘ए’ को विजेता बनेको थियो । भने, पहिलो खेलमा माल्दिभ्सलाई ६–० ले हराएको नेपाल अर्को खेलमा भारतसँग २–१ ले पराजित भएपछि समूह ‘बी’ को उपविजेता बनेको थियो ।

माल्दिभ्ससँगको खेलमा रातो कार्ड पाएका रोशन दोङ भारतको खेलमा प्रतिबन्धमा थिए । बङ्गलादेशको खेलमा उनी फर्कने भएपछि नेपालको रक्षापक्ति बलियो हुने अपेक्षा गरिएको छ ।

भारत र भुटान भिड्दै
हलचोकमा भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । भारत प्रतियोगिताको दाबेदार मध्ये एकका रूपमा हेरिएको छ । भारत र बङ्गलादेश प्रतियोगिताका अपराजित टोली हुन् । माल्दिभ्सलाई ९–० र नेपाललाई २–१ ले हराएपछि भारत समूह ‘बी’ को विजेता बनेको थियो ।

श्रीलंकालाई पहिलो खेलमा ६–० ले हराएको भुटान अर्को खेलमा बङ्गलादेशसँग ३–० ले पराजित भएको थियो, जसका कारण टोली समूह ‘ए’ को उपविजेता मात्र बनेको थियो । २०१३ मा भएको पहिलो संस्करणमा भाग लिएको भुटान त्यति बेला समूह चरणमा अन्तिम भएको थियो । २०१५ मा भने भुटानले भाग लिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *