जात लुकाएर बस्नुपर्ने बाध्यता आखिर कहिलेसम्म ?


“
गोमा परियार
काठमाडौं, भदौ ९ । समिता परियार बाँकेबाट काठमाडौं पढ्न भनेर एउटा अलग्गै सपना , खुसी र रहर बोकेर आईन् । उनि कृर्तिपुर कोठा खोज्न गईन् त्यहाँ उनिलाई नाम सोधीयो उनिले मेरो नाम समिता परियार भनेर बताईन् त्यति के भनेकी थिईन् भित्रबाट एकजना बुढि आमा कराउन थाल्नुभयो हुदैन हुदैन यि सानो जातकालाई कोठा दिन हुदैन । अनि अर्को आमाले नानी कोठा दिन मिल्दैन भनेपछि समिता फर्किईन् ।
समिता निकै दुखि भैईन् थाहा थिएन समितालार्ई काठमाडौंमा यस्तो पनि भोग्नपर्छ भन्ने कुरा, आफ्नो घरमा सबै परिवार शिक्षित र गाउँपनि बुझ्ने र शिक्षित भएको कारण समिताले यो भन्दा पहिला जातकै आधारमा दुखी बन्नु परेको थिएन । काठमाडौंमा केही मिठो सपना बोकेर पढ्न आएकी समिताले बस्नलाई कोठा नपाउँदा उनको सपना एकैछिनलाई त चक्नाचुर पनि भयो उनि बिक्षिपत बनिन् । पढ्न भनेर घर छोडेर आएकी उनि यो बिरानो शहरमा बस्नलाई कोठासमेत नपाउँदा कतिसम्म पिडामा परिन् शायदै अड्कल लगाउन सकिएला । उनि भन्छिन ‘त्यो रात म साथी पुष्पाकोमा बसे , रातभर निकै रोए खानपनि मन लागेन र खाईनपनि भोलीनै घर फर्कि जाउ जस्तै पनि भयो मलाई’ ।
समितालाई यो पिडा र समस्याले निकै तनावग्रस्त बनाउन थाल्यो उनि भित्रभित्रै कमजोर पनि बन्न थालीन् । तर यो बिरानो शहर सबै बिरानो उलको लागी, आफन्त त बिरानो हुने शहर हो यो समिताको झन् आफन्त भन्ने पनि कोही थिएनन् थिईन् त मात्रै पुष्पा । तर पुष्पासंग पनि उनका भाईबहिनी बस्ने भएकाले समितालाई त्याहा धेरै दिनसम्म बस्न गाह्रो हुन थाल्यो ।
काठमाडौंमा पहिलादेखी नै बसीरहनुभएका साथीहरुसंग बुझ्दा दलितहरु धेरै जसो अझ सबै जात लुकाएर बसेको थाहा पाएर समिताले पनी जात लुकाउन बाहेक अरु बिकल्प भेटिनन् र लुकाएर बसेको आज ४ बर्ष बितीसक्यो । तर समिता कत्तिपनि खुसी छैनिन् । उनि भन्छिन् ‘मलाई पढ्नु छ, केही राम्रो गर्नुछ काठमाडौं न आउन थियो आईहाले अब म यहाँ बस्न नसकेर फकिएर घर गए भने झनै कमजोर ठहरीनेछु त्यसैले म अब जात लुकाएरै सहि बस्न भने पर्छ किनभने म फर्कीएर घर जादैमा यो समस्या समाधानको त कुरै छाडौ अलिकती पनि कमि हुनेछैन’ । यहि नमिठो वास्तविकतालाई स्विकार गरेर समिता काठमाडौंमै बसेकी छिन् ।
जातकै आधारमा यस्तो समस्या र ब्यवहार भोग्नेमा समिता मात्रै पहिलो ब्यक्ति होईनन् । यहाँ बढि जसो दलितहरु जात लुकाएरै बसीरहेका छन् । यो उनिहरुको रहर नभएर बाध्यता भने हो । जात वास्तविक बताएर काठमाडौंमा कोठा पाउन मुस्किल निकै मुस्किल छ । अनि जात नलुकाएर अरु बिकल्प पनि त छैन ।
स्याङजाका बिमल नेपालीले पनि यस्तै समस्या भोगेर जात लुकाएर बसेका छन् । बिमल काठमाडौंमा बसेर पढ्न थालेको ५ बर्ष भयो । बिमलले बिगत ५ बर्षदेखि बानेश्वरमा कोठा भाडामा आफ्नो जात लुकाएर बसेका छन् । उनले आफ्नो वास्तविक जात बताएनन् कारण त्यहि कोठा नपाउने ठुलो डर । उनि भन्छन् ‘पहिला शुरुमा मैले अनामनगर कोठा खोज्न जादा मेरो वास्तविक जात भन्दा कोठा पाईन, सबै कुरो मिलिसकेपछि जब मैले मेरो जात बताए तब ‘हुदैन भाई यहाँ हाम्रोमा’ भनेर भन्ने जवाफ आयो र मैले कोठा पाउन सकिन’ ।
बिमलपनि कति दिन त साथीकोमा गएर बसे, कोठामा बस्ने साथीसंगै म गएर बस्दा उसलाई पनि गााह्रो हुन थाल्यो घरबेटीले पाहुना राख्दा कराउने यो नयाँ कुरा होइन । मेरो कारणले साथीलाई समस्या भएको महसुस गर्नथाले र त्यहाँदेखी निस्किए बिमल भन्छन् । जति पनि ठाउँमा जान्छु यहि समस्या दोहोरियो जस्ले गर्दा बिमलल पनि जात लुकाएर बस्न बाध्य भए । गाउँबाट शहरमा पढ्न आउने युवायुवतीहरुलाई यो समस्याले इउटा मानसिक तताव पनि दिईरहेको छ । तर यो समस्या र पिडालाई कस्ले बुझिदिने ?
बसन्ती बिक काठमाडौं महाराजगन्जमा बिगत ११ बर्षदेखि आफ्नो जात लुकाएरै बसेकी छिन् । उनको घर दाङ हो । उनि काठमाडौंमा जागीरको शिलशीलामा बस्दैै आएकी हुन् । उनि भन्छिन् ‘म यहाँ जात लुकाएर बसेकी छु, मैले भन्नुभन्दा पनि कोठा खोज्न जादा पहिलेनै घरबेटी आमाले नानी तिमी त क्षेत्रीकी छोरी हौ क्या भनेर ठ्याक्कै भनिदीदा मलाई झन् सहज पो भयो ’ । घरबेटी पनि क्षेत्रीनै भएको र आफुलाईपनि क्षेत्री उनीहरुले ठान्दा अहिले त्यहाँ बस्न आफुलाई निकै सहज भएको बसन्ती बताउँछिन् ।
बसन्तीलाई त काठमाडौंमा जातको आधारमा दुख पाएको अनुभव छ र लुकाएरै बसेकी छिन् तर जब उनको घरबाट आफन्त परिवार आउनुहुन्छ नी तब उनि एकदमै डराउछिन् कारण जात नै हो । बसन्ती फेरि भन्छिन् ‘मलाई घरदेखि जब आफन्त,परिवार आउनुहुन्छनी त्यो बेला सबैभन्दा डर लाग्छ र उहाँहरु मेरो कोठामा पस्नासाथ सबै बिस्तारमा बताईदिने गरेकी छु ताकी उहाँहरुले साँचो नबोलीदिनुहोस’ । बिदाको दिन कोठाका सबै जम्मा भएर बस्दा कहिलेकाही पारिवारीक कुरा हुदा मन झस्कीरहन्छ कहिकतै जातको कुरा फुस्किन्छ की भन्ने डरले सताउने गरेको उनको भनाई रहेको छ ।
यस्तै प्युठानकी पार्वकी बिकको समस्या पनि फरक छैन । उनि पनि आफ्नो पहिचान , जात लुकाएरै बसिरहेकी छिन् । पार्वती भन्छिन् ‘म दलित हुनुमा गर्व गर्छु तरपनि मैले मेरो जात लुकाएर बसिरहेकी छु म कमजोर बनेर होईन मजबुर भएर यसो गरेकी हु, कहिलेकाही त साँच्चीकै रुन मन लाग्छ, मन बेस्सरी दुख्छ आफ्नो जात , पहिचान लुकाएर यसरी गुम्सिएर बस्नुपर्दा । आफु आफु होईन जस्तो लाग्छ तर के गर्नु पढ्न भनेर काठमाडौं छिरे म बिक हु भन्दा कोठा पाउदिन, बस्ने ठाउँनै नभए म कहाँ बसेर अनि कसरी पढ्नु ?’ । पढेर यो बिरुद्धमा सकारात्मक काम गरेर देखाउने लक्ष्य राखेको पार्वतीको भनाई छ ।
कोठा नपाएर दुई हप्ताभन्दा बढि काठमाडौंमा भौतारिन परेको बाँकेकै कृष्ण परियार छुट्टै ब्यथा छ । कृष्ण पढ्न भनेर त काठमाडौं आए तर उनले दलित भएकै कारण बस्नलाई कोठा पाएनन् । उनि भन्छन् ‘मैले कति त सडकमै रात काटेको छु कोठा नपाएर । पछि सबैसंग बुझ्दा यहाँ कोठा पाउनलाई जात लुकाउन पर्दोरहेछ ठुलो जात भनेर भन्न पर्दोरहेछ र मैलेपनि त्यसै गरेर कृर्तिपुरमा बसेको छु’ । यसरी बस्नुपर्दा निकै कमजोर र निरिह महसुस भएको कृष्णको दुखेसो छ ।
सरिता परियार बागलुङकी हुन् उनि शोयम्भु बस्न थालेको ९ बर्ष भयो । सरिताले पनि शोयम्भुमा जात लुकाएरै बसेकी छिन् । सरिता भन्छिन् ‘जात सोध्छन् र ढाटेर भन्छु मनमा आफैलाई नराम्रो महसुस हुन्छ तर के गर्नु बिकल्प पनि त अर्को छैन’ । दलित वर्गहरुलाई कोठा भाडामा पाउन निकै मुस्किल छ । त्यसमा पनि काठमाडौंमा त झनै मुस्किल देखिएको छ । कोठा हेर्न गयो सबैभन्दा पहिला जात सोधीन्छ, जातीय छुवाछुत अन्त्य घोषणा मात्रै कागजमा सिमीत देखिएको छ कार्यान्वयन हुदो हो त आज जात लुकाएर बस्नुपर्ने बाध्यता हुदैनथ्यो ।
भन्न त धेरै भनिन्छ संसारमा मात्रै दुई जात छन् महिला र पुरुष तरपनि अझै यो भनाई ब्यवहारमा आएको छदैछैन शायद आउदैनपनि । आफ्नो वास्तविक जात , पहिचान लुकाएर बस्नुपर्ने बाध्यता आखिर कहिलेसम्म ? काठमाडौं त झन नेपालको राजधानी , नेपालको एउटा सबैभन्दा ठुलो शहर अनि सबै नितिनियम र कानुन बन्ने थलो । यहाँ १४ अञ्चल ७५ जिल्लाकै मानिसहरुको बसोबास रहेको छ । तरपनि दलितहरुको पिडा अलग्गै र दयनिय छ यो काठमाडौ शहरमा, पैसा तिरेर पनि बस्नलाई कोठा पाउनै गाह्रो छ यो समस्या कसरी सानो भन्न सकिन्छ ?
“
