२० घर परिवारलाई नेपाल तरुण दल सुनसरीको राहत


भाद्र ८, सुनसरी । ‘एक तरुण एक राहत’ अभियान अन्र्तगत नेपाल तरुण दल सुनसरीले आज (बिहीबार) सुनसरीको धरान वडा नं. ६ पानमारा चोकी डाँडाका बाढी पीडित परिवारलाई राहत वितरण गरेको छ । एक साता देखि सुनसरीका विभिन्न क्षेत्रमा बाढी पीडितलाई राहत वितरण सँगै स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आइरहेको तरुण दल सुनसरीले आज पानमाराका २० घरपरीवारलाई राहत वितरण गरेको हो ।

तरुण दल सुनसरी जिल्ला अध्यक्ष सिजन गुरुङ, उपाध्यक्ष सन्तोष विक लगायत कार्य समिति सदस्यहरूको उपस्थितिमा भएको राहत वितरणमा गत साउन २५ गते यता आएको बाढी पहिरोमा परेका सो स्थानका २० घर परिवारलाई त्रिपाल र खाद्यान्न वितरण गरिएको हो । ‘सेवा नै ठुलो धर्म हो भन्ने भावनाबाट अभिप्रेरित भएर अभियान सुरु गरेका हौँ । हाम्रो सानो सहयोगले बाढी पीडित परिवारलाई थोरै भए पनि राहत पुग्छ ।’ तरुण दलका सुनसरी उपाध्यक्ष सन्तोष विकले बताए ।

राहत वितरण कार्यक्रममा नेपाली काँग्रेस वडा नं. ६ का सभापति पदम पौडेल, स्थानीय निकायको निर्वाचनमा वडा नं. ६ का उम्मेदवार भुपेन्द्र भट्टराई लगायतको सहभागिता रहेको थियो । तरुण दलले जिल्लाका विभिन्न क्षेत्रमा रहेका बाढी पीडितलाई राहत वितरण, निःशुल्क स्वास्थ्य शिविर तथा पुर्नस्थापना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *