पशुपतिमा हिन्दू नारीहरू आँखामा कालो चस्मा लगाएर छमछमी नाँच्दै (भिडियोसहित फोटो हेर्नुस् )

काठमाडौँ, भदौँ ८ । आज बिहीबार पशुपतिनाथमा दर्शनार्थीहरुको घुइँचो लागेको छ । बिहान साढे तीन बजेदेखि नै लाइनमा बसेर महिलाहरूले पशुपतिनाथको दर्शन गरेका छन् । नेपाली हिन्दू नारीहरूको विशेष चाड हरितालिका तीजका दिन पतिको स्वास्थ्य दीर्घायुको कामना गर्दै ब्रत बस्ने गरिन्छ ।

विभिन्न ठाउँबाट पशुपति नाथको दर्शन गर्न आउने महिलाहरू लाइनमा उभिएका छन् । पशुपति परिसर क्षेत्रमा नेपाल प्रहरीबाट खटिएका सुरक्षा बल, विद्यार्थी, स्वंयसेवक लगायत विभिन्न संघसंस्थाका व्यक्तिहरूले दर्शनार्थीहरुलाई नियमबद्ध लाइनमा राखेर पशुपतिनाथको दर्शन गराइरहेका छन् । बेलुकी ६ बजेसम्म भीड रहने त्यहाँका एक सुरक्षाकर्मीले बताए ।

पशुपति परिसरभित्र असंख्य महिलाहरू लाइनमा बसेर दर्शन गर्न तत्पर छन् त कोही दर्शन पश्चात् गीत गाउँदै नाचिरहेका देखिन्छन् ।

पहिले र अहिले दर्शनार्थीहरुको भीड उस्तै रहेको पशुपति आरती परिवारका नृत्याङ्गना सरला खड्काले बताइन् । आफूहरूले पतिका लागि मात्र नभई सम्पूर्ण हिन्दु नारीहरूको सु–स्वास्थ्यको कामना गरेको बताउँछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

https://youtu.be/R1EXZynKpLM”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *