ट्रकको ठक्करबाट एकको मृत्यु, दुई घाइते

२०७४ जेठ १५ गते

“
चितवन, ८ भदौ । भरतपुरको आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ आउँदै गरेको ना ६ ख ३४२५ नम्बरको ट्रकले गणेशस्थान चोकमा बाटो काट्दै गरेको ना ३ प ७२३९ नं को मोटरसाइकललाई आज ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजना मध्ये एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएकी मोटरसाइकलको पछाडि सवार भरतपुर महानगरपालिका–११ की ४२ वर्षीया आशमाया थापाको मृत्यु भएको हो । मोटरसाइकल चालक उहाँका श्रीमान् ४६ वर्षीय मानबहादुर थापाको अवस्था गम्भीर रहेको छ ।
मोटरसाइकल पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया सानुमाया बुढाथोकी सामान्य घाइते हुनुभएको छ । घाइते दुवैको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित