मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

मनहरी खोलामा डुबेर ३ बालकको मृत्यु

भदौ ८, हेटौंडा । मकवानपुरको मनहरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । पौडी खेल्न मनहरीबजार नजिकै खोलामा गएका बालकहरुको डुबेर ज्यान गएको हो । खोलाले बगाएका एकजना बालकलाई भने सकुशल उद्धार गरिएको स्थानीय पत्रकार शिवकुमार काशीले जानकारी दिए । मृतक बालकहरुको शब मनहरी पुलमूनिबाट निकालिएको छ ।

मृत्यु हुनेमा मनहरीकै ११ वर्षका अमन थिङ, १० वर्षका अलेश रुम्बा र १२ वर्षका प्रशका रुम्बा छन् । १५ वर्षका बुद्ध मोक्तानलाई स्थानीयले जीवितै उद्धार गरेका हुन् ।

गम्भीर घाइते रुम्बालाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको छ । मृतकको शव स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । प्राथमिक स्वासथ्य केन्द्रका स्वास्थ्यकर्मीले तीनैजनालाई मृतक घोषणा गरेको पत्रकार काशीले जानकारी दिए ।

प्रतिकृयाहरु
Loading...