भड्कीला तीजका गीतले संस्कृति विगारे

तीजले नेपाली दिदि बहिनीको मुहारमा उज्यालो ल्याएको छ ।  यहि मेसोमा तीजका गित संगितले पनि बजार तताएको छ । तीजको रौनक छाउने क्रममा नेपाली गीत–संगीतमा लागेका प्राय: सबै कलाकारले मनोरञ्जनका निमित्त भन्दै सयौं गीत बजारमा ल्याइसकेका छन् ।

विगतका केही वर्षयता तीजका गीतमा अशोभनीय तरिकाबाट विकृति बढेको स्थापित कलाकारहरू आफैं पनि स्वीकार गर्छन् । चेलीले भोगेका सुख–दु:खमा केन्द्रित तीज गीत अंग प्रदर्शन र दोहोरो अर्थ लाग्ने शब्दसम्म धपुग्नु आफैंमा एउटा विडम्बना हो ।

तीजका गीतमा विकृति बढ्नुमा गीत सिर्जना गर्नेदेखि गाउने गायक–गायिका, नृत्य गर्ने मोडल तथा गीत निर्माण गर्ने कम्पनीसम्म सबै दोषी रहेको गायिका शकुन्तला थापा बताउँछिन् । यो विकृतिलाई संगीतसँग सम्बन्धित सबै संस्थाले एकताबद्ध भएर निस्तेज तुल्याउनुपर्ने थापा बताउँछन् । गायिका थापाका अनुसार तीजका लागि भन्दै बजारमा आएका गीतमध्ये १० प्रतिशतलाई मात्र तीजका वास्तविक गीत भन्न सकिन्छ ।
केही वर्षअघि बजारमा आएको ढाडे बिरालो गीतबाट लोकगीतमा विकृति बढेको चर्चा पनि चल्ने गरेको छ । उक्त गीत दर्शक–श्रोताले मन त पराए, तर त्यस्तै गीत चल्छन् भन्ने धारणाले त्यस्तै शैलीका गीत तयार पार्ने लहर नै चल्यो । ढाडे बिरालोमा ज्योति मगरलाई मोडल बनाएकै कारण गायक तथा शब्द संकलक प्रकाश कटवाल र विनोद ढकाल तथा गायिका श्रीदेवी देवकोटाले चर्चा पाए । दर्शक–श्रोतालाई फरक किसिमको स्वाद दिँदा ढाडे बिरालो सर्वाधिक सफल भएको तर त्यसपछि त्यसकै देखासिकी गर्नेहरूका कारण विकृति बढेको गायक तथा शब्द संकलक प्रकाश कटवालको तर्क छ ।

तीजका गीतमा विकृति ल्याउनेमा आफूजस्तै सम्पूर्ण कलाकार स्वयं पनि दोषी रहेको स्वीकार गर्दै सेन्सर बोर्ड र लोकगीतका हकहितका लागि खुलेका संस्थाहरू सक्रिय नहुँदा यो समस्या बढ्दै गएको कटवाल बताउँछन् ।

गायक तथा लोकदोहोरी प्रतिष्ठानका प्रथम उपाध्यक्ष पशुपति शर्मा भने आफू तथा आफू सम्बद्ध निकायले मात्र केही गर्न नसक्ने र त्यो अधिकार आफूमा नभएको बताउँछन् । यदि लोकगीतप्रति माया छ भने यस्तो प्रवृत्ति रोक्न राज्यले नै सेन्सर बोर्ड बनाएर नियन्त्रण गर्नुपर्ने शर्मा बताउँछन् । छाडा गीतलाई दर्शक–श्रोताले पनि प्रोत्साहित गर्दै तीनै गीत धेरै हेर्ने, मिडियाले पनि मौलिक गीतलाई छाडेर त्यस्तै गीतलाई प्रोमोसन गरिदिने क्रियाकलापले पनि छाडा गीत निकाल्नेहरूको हौसला बढेको शर्माको ठहर छ ।

लोकगीत संगीतमा स्थापित र चर्चित कलाकारहरूले नै भड्किला गीत बजारमा सार्वजनिक गरिदिँदा नयाँ पुस्ताका कलाकारहरू भने चिन्तित छन् । ‘अग्रज कलाकारहरूले नै विकृतिलाई प्रोत्साहित गरिदिने हो भने हामीले अरूबाट के आशा गर्ने ?’ गायिका मनीषा शर्माको भनाइ छ ।

सेक्सी लोक गायिका भनेर चिनिने गायिका ज्योति मगरले यस पटक घण्टा बजाउँछु भन्ने गीत ल्याएकी छिन् । हेर्नुहोस् गीत

https://www.youtube.com/watch?v=5ks-XKQIkS4″

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *