बालुवा चोरी आरोपमा नौवटा टिपर प्रहरीको नियन्त्रणमा

महोत्तरी, भदौ ७ । प्रहरीले महोत्तरीको औरहीबाट वालुवा लादिएका नौवटा टिपरलाई आज बिहान नियन्त्रणमा लिएको छ ।

जलेश्वरतर्फ गइरहेका ती टिपरलाई प्रहरीले औरही चोकबाट नियन्त्रणमा लिएको हो । टिपरलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा औरहीमा राखिएको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।

प्रत्येक वर्ष वर्षायामको तीन महिना नदीबाट बालुवा र गिट्टी उठाउन रोक लगाइए पनि महोत्तरीमा यस्ता नदीजन्य पदार्थको चोरी निकासी हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *