प्राध्यापकहरु किन माग्दैछन् त्रिवि पदाधिकारीहरुको राजीनामा ?

काठमाडौं,  भदौ ७ ।  त्रिभुवन विश्विविद्यालय अन्तर्गतका विभिन्न आंगिक क्याम्पसहरुमा कार्यरत आंशिक प्राध्यापकहरुले त्रिवि पदाधिकारीहरुको राजीनामा माग गरेका छन् । प्राध्यापकहरु आंशिक प्राध्यापकलाई करार गर्न तथा आंशिक प्रथा अन्त्य गर्ने  माग लिएर  गत ६ महिनादेखि आन्दोलनरत छन् ।

हिजो मंगलबार साँझ त्रिवि पदाधिकारीलाई भेट्न जाँदा प्रहरी बल प्रयोग गरी व्यापक धरपकड, लाठीचार्ज र महिला प्राध्यपकहरुमाथि दुरव्यवहार भएको घटनाप्रति नेपाल आंशिक प्राध्यापक संघले विज्ञप्ति जारी गर्दै घोर भर्त्सना समेत गरेको छ ।

आफ्ना मागप्रति गम्भीर हुन आग्रह गर्न गएका आंशिक प्राध्यापकहरुलाई त्रिवि पदाधिकारीकै निर्देशनमा भएको यस्तो ज्यादतीले त्रिवि उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्टार संवेदनहिन गैर जिम्मेवार तथा निन्दनीय भएको ठहर गर्दै उनीहरुको तत्काल राजीनामाको माग गरिउको संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गत ६ महिनादेखि समस्या तथा मुद्दाप्रति ध्यानकर्षण गराउँदै विविध आन्दोलनका कार्यक्रम तथा ३० दिनदेखि रिले अनसन पनि गर्दै आएका आंशिक प्राध्यापकहरुका मुद्दा आक्रोशित बनेको  भन्दै विश्वविद्यालय तथा सरकार गम्भीर नभएको आरोप समेत लगाएका छन् ।
आन्दोलनरत प्राध्यापकहरुलाई त्रिवि पदाधिकारीको निर्देशनमा ५ सयभन्दा बढी हतियारधारी प्रहरीहरु प्रयोग गरि धरपकड तथा लाठीचार्ज भएको प्रति गम्भिर आपत्ति प्रकट गरेको विज्ञप्तिमा जनाएको छ ।

त्रिवि पदाधिकारी झुठा र गैरजिम्वारी रहेको आरोप लगाउँदै उनीहरुले तत्काल राजीनामा माग गरी यथाशीघ्र समस्या समाधान नगरिए सम्पूर्ण आंगिक क्यापसको पठनपाठन ठप्प पार्ने चेतावनी पनि संघले दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *