असोज २ पछि नवलपरासी दुई जिल्लाः मन्त्री कोइराला

२०७४ जेठ १५ गते

“
नवलपरासी, भदौ ७ । महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले असोज २ गतेपछि नवलपरासी दुई जिल्ला हुने बताएकी छन् ।
नवलपरासीको कावासोतीमा रहेको रेडियो कावासोतीको बुधबार उद्घाटन गदै मन्त्री कोइरालाले सबै स्थानीय तहको निर्वाचनपछि प्रदेश नम्बर ४ र ५ मा रहेको नवलपरासीलाई छुट्टाछुट्टै जिल्ला बनाइने बताइन् ।
स्थानीय तहको पुनर्संरचनाका क्रममा नवलपरासीको दाउन्ने पूर्वलाई ४ नम्बर प्रदेशमा गाभिएको छ भने दाउन्ने पश्चिम भेगलाई ५ नम्बर प्रदेशमा गाभिएको छ ।
बाँकी रहेको प्रदेश नम्बर २ को स्थानीय तहको निवार्चनपछि रुकम र नवलपरासी जिल्लालाई बिभाजन गरेर ७७ जिल्ला बनाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको पनि मन्त्री कोइरालाले जानकारी दिइन् । प्रदेश ४ मा रहेको दाउन्ने पूर्वको भेगलाई नवलपुर जिल्ला नामाकरण गर्नुपर्ने स्थानीयको सुझाव छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित