रुकुममा १० हजार नयाँ मतदाता थपिए

२०७४ जेठ १५ गते

“
रुकुम, भदौ ७ । फोटो सहितको मतदाता नामावली संकलनको अवधिमा रुकुममा १० हजार बढी नयाँ मतदाता थपिएका छन् । गएको साउन १ गतेदेखी भदौ ३ गते सम्म रुकुममा १० हजार १ सय १ जनाले नाम दर्ता गराएका हुन् । नाम दर्ता गराउने मध्ये ५ हजार १ सय २७ महिला र ४ हजार ९ सय ७४ पुरुष रहेका छन् ।
त्यस्तै ९७ जनाले त्रुटी सच्याएका छन् भने २ सय २७ जनाले ठाउँ सारी गरेका छन् । जस अन्र्तगत २ सय १९ जनाले जिल्ला बाहिर र ८ जनाले जिल्ला भित्रै ठाउँ सारी गराएका हुन् । मतदाता नामावली संकलन तथा अद्याबधिक कार्यक्रमको अन्तिम समय सम्ममा एक जनाले मात्र नामावलीबाट नाम हटाएको जिल्ला निर्वाचन कार्यालय रुकुमले जनाएको छ । यसपटक थपिएका नयाँ मतदाता संगै रुकुममा अब १ लाख १२ हजार ३४ मतदाता रहेका छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित