निर्वाचनमा भाग लिने नलिने निर्णय गर्ने जिम्मा अध्यक्ष मण्डललाई

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ७ । राष्ट्रिय जनता पार्टी राजपाले असोज २ गते हुने तेश्रो चरणको स्थानीय निकाय निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयको निर्णय लिने अधिकार अध्यक्ष मण्डललाई दिएको छ । अध्यक्ष मण्डलले भोलिसम्म निर्णय लिनेछ ।दुई दिन सम्म चलेको राजपा पदाधिकारी बैठकमा पदाधिकारीहरुको बैठकले चुनावमा भाग लिने कि नलिने, भाग लिए चुनाव चिन्ह के हुने लगायतका विषय निर्णय गर्ने अधिकार अध्यक्ष मण्डललाई दिएको हो ।
बैठकमा राजपाका अधिकांश नेताहरुले चुनावमा जानु पर्ने धारणा राखेका थिए । यस्तै बैठकले संविधान संसोधनको पक्षमा मतदान गर्नेलाई धन्यवाद ज्ञापन गरेको छ मतदानको विपक्षमा मतदान गर्नेलाई परिवर्तन विरोधी संज्ञा दिएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित