भारतद्वारा नेपाल पराजित

भदाै ७, काठमाडाै । साफ यू १५ फुटबल च्याम्पियनसिप अन्तर्गत अाज भएको खेलमा नेपाल भारत सँग २-१ गोलको अन्तरले पराजित भएको छ । पहिलो हाफ १-१ को बराबरीमा रोकिएको खेलमा भारतका रवी बहादुर रानाले गोल गर्दै २-१ को अग्रता दिलाएका थिए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेकाे खेलकाे २७ अौ मिनेटमा भारतका बिक्रम प्रताप सिंहले गोल गर्दै पाहुना टोलीलार्इ अग्रता दिलाएका थिए । भने, ४० अाैं मिनेटमा पाएको पेनाल्टीको सदूपयोग गर्दै नेपालका राेशन रानामगरले खेलमा बराबरी गरेका थिए ।

आकाश बुढामगरलाई भारतीय खेलाडी मोइरंगथेम थोइबा सिंहले पेनाल्टी बक्समा लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । रोशनले पेनाल्टी हानेको बल भारतीय गोलकिपरले रोकेपनि रिबाउन्डमा रोशनले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याएका थिए ।

जारी प्रतियोगितामा भारत र नेपाल दुवै सेमिफाइनलमा पुगिसकेका छन् । पहिलो खेलमा भारतले माल्दिभ्सलाई ९–० ले पराजित गरेको थियो भने नेपालले सोही प्रतिद्धन्द्धिलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *