अफ्रिदीको विस्फोट
“
भदाै ७, मकालु खबर । इंग्ल्यान्डको नाटवेस्ट टि-२० ब्लास्ट प्रतियोगिताको सम्पन्न क्वार्टरफाइनल खेलमा ह्याम्पसायरको लागि ओपनिंग ब्याटिंग गरेको अफ्रिदीले १०१ रनको पारि खेल्दै डर्बीशायरको सेमीफाइनल पुग्ने सपना चकनाचुर पारेका छन् । सहिद अफ्रिदीले टि-२० क्रिकेटमा पहिलो शतक प्रहार गरेका हुन् ।
उमेरले ३७ पार गरिसकेका पाकिस्तानी स्टार अलराउण्डरले ४३ बलमा ७ छक्का र १० चौका प्रहार गर्दै सतक पुरा गरेका हुन् । अफ्रिदी बाहेक कप्तान जेम्स भिन्सेले ३६ बलमा ५५ तथा जर्ज बेलीले ११ बलमा २७ रन प्रहार गरेपछि ह्याम्पसायरले २० ओभरमा आठ विकेट गुमाउदै २४९ रनको विशाल स्कोर खडा गरेको थियो ।
जवाफमा उत्रिएको डर्बीशायरले १४८ रनमा सबै विकेट गुमायो । बलिंगतर्फ लियम डसन र कायल एबोटले ३/३ विकेट लिए । खेलको प्लेअर अफ द म्याच सहिद अफ्रिदी घोषित भए । उनले बलिग गर्फ ३ अोभरमा २८ रन खर्चेर विकेट लिन सकेनन् ।
“