जुवाडेका पैसा विद्यार्थीलाई : जुवाडेलाई प्रहरीको यस्तो सर्त

मेलम्ची, भदौ ७ ।  इलाका प्रहरी कार्यालय, मेलम्चीले जुवाडेबाट सोमबार बरामद भएको २१ हजार २ सय पाँच रुपैयाँ मंगलबार साँझ फरक क्षमता भएका अशक्त विद्यार्थीको पठनपाठनका लागि सहयोग गरेको छ ।

चारजनाबाट रकम बरामद
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–४ मा जुवातास खेलिरहेको अवस्थामा नगदसहित पक्राउ परेका चारजना जुवाडेबाट उक्त रकम बरामद भएको प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिए ।

रकम हस्तान्तरण
इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीमा अध्ययनरत फरक क्षमता भएका १२ छात्रा र छ छात्रको पठनपाठनका लागि विद्यालयका लेखापाल महेन्द्र सापकोटा र विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मण गौतमलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

प्रहरीको सर्त
पक्राउ परेका चारैजनालाई जुवातास नखेल्ने शर्तमा र खेलेको फेला परे कानूनबमोजिम कारबाही गरिने बताउँदै एकपटक सम्झाइबुझाइ छोडिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *