आज पश्चिम क्षेत्रमा पानी पर्ने: मौसमविद्

काठमाडौं, भदौ ७ । आज पूर्वमा भन्दा पश्चिम क्षेत्रमा पानी पर्ने संभावना बढी रहेको छ । अहिले मध्यमान्चल र पश्चिमाञ्चलमा पूर्ण बदली अर्थात बादल लागेको अवस्था छ । पूर्वतिर सामान्य बदलीको अवस्था रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

गएराती पनि देशका विभिन्न ठाउँमा पानी परेको र काठमाडौंमा ४४ मिलिमिटर पानी परेको रेकर्ड भएको पनि मौसमविद् कँडेलले जानकारी दिनुभयो । यसैबीच बाढी पुर्वानुमान शाखाका अनुसार मोहना नदीमा पानीको बहाव खतराको तहभन्दा माथि पुगेको छ । यसबारेमा गृहमन्त्रालयलाई जानकारी गराइसकेको पनि शाखाले आफ्नो सामाजिक संजालमार्फत सबैलाई सचेत हुन पनि भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *