कोशी बाँधको बिषयलाई प्राथामिकतामा राख्न प्रधानमन्त्रीलाई सांसदको आग्रह

काठमाडौं, भदौ ६ । व्यवस्थापिका–संसद्मा बोल्ने सांसदहरुले भोलिदेखि हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा कोशी बाँधका विषय मुख्य प्राथमिकतामा पर्नुपर्ने धारणा राखेका छन् । तराई–मधेशमा हालै भएको डुबानबाट सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक बढी मर्कामा परेकाले उनीहरुलाई पौष्टिकयुक्त खाना र स्वस्थ पानीको व्यवस्था तत्काल मिलाउन पनि सांसदहरुले सरकारसँग माग गरेका छन् ।

आजको शून्य समयमा केशवप्रसाद बडाल, केदार सञ्जेल, केशरी घर्ती मगर, अनिता देवकोटा, अफिलाल उखेडा, अम्बरबहादुर थापा, अमनलाल मोदी, अम्बिका खवास राजवंशीलगायत सांसदले धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *