अफ्गानिस्तानमा ‘जित्नलाई अमेरिका लडिरहने’

एजेन्सी । विदेशी नीतिसम्बन्धी एउटा महत्त्वपूर्ण सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफ्गानिस्तानबाट अमेरिकाले हतारमा सेना फिर्ता बोलाएमा आतंकवादीहरुले त्यो स्थान लिने बताएका छन् । यस अघि सेना फिर्ता बोलाउनु पर्ने पक्षमा आफू रहेको स्वीकार्दै उनले इराकमा गरिएको गल्ती नदोहोर्‍याउने बताए ।

ट्रम्पले इराकबाट सिकिएको अनुभवका आधारमा अफ्गानिस्तानमा ‘जित्नलाई अमेरिकाले लडाइँ गरिरहने’ निष्कर्षमा आफू पुगेको उल्लेख गरे । उनले भने, “”अमेरिका अफ्गानिस्तान सरकारसँग मिलेर काम गर्नेछ जबसम्म हामीलाई प्रगति एवं प्रतिबद्धता देखिनेछ ।””

सुरक्षा स्वार्थ

यद्यपि अफ्गानिस्तानका लागि ‘खाली चेक’ नभएको ट्रम्पले बताए । अमेरिकाले आफ्ना सुरक्षा स्वार्थहरुलाई प्राथमिकता दिने उनको भनाई छ । वाशिङटनले अफ्गानिस्तानमा तालेवाल लडाकु र तथाकथित इस्लामिक स्टेटविरुद्ध लड्न थप सेना पठाउने अपेक्षा गरिएको छ । तर, ट्रम्पले थपिने संख्या वा अमेरिकी संलग्नता अन्त्य गर्ने समयावधि बारे सार्वजनिक रुपमा केही नबताउने उल्लेख गरे ।

मलजल

अमेरिकी रक्षामन्त्रीले अमेरिकाका साझेदार मुलुकहरुले अफ्गानिस्तानमा आफ्ना सेना बढाउने प्रतिबद्धता जनाइसकेको बताएका छन् । अफ्गानिस्तानमा तालेवान लडाकुविरुद्ध अमेरिकी सेनाको अभियान सन् २०१४ मै आधिकारिक रुपमा सकिए पनि विशेष अमेरिकी फौजले अफ्गान सैनिकलाई मद्दत गर्दै आएको छ ।

पाकिस्तानले आतंकवादीहरुलाई मलजल गरिरहेको आरोप लगाउँदै ट्रम्पले त्यस्ता गतिविधि तत्काल रोकिनुपर्नेमा जोड दिए । ट्रम्पले पाकिस्ताको प्रतिद्वन्द्वी भारतसँग रणनीतिक साझेदारीको विकास गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *