संसोधनको भोटिङमा कांग्रेस, एमाले र माओवादीका को- को अनुपस्थित ?

काठमाडौँ, भदौ  ६ । सोमबार भएको संविधान संसोधनको भोटिङमा काँग्रेसबाट सांसद गीता वाग्ले विदेशमा रहेको, कल्पना सोव र कविताकुमारी सरदार अनुपस्थित रहेको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बताए । ‘गीता वाग्लेका श्रीमान् बिरामी भएर अस्ट्रेलियामा हुनुहुन्छ, आउनुभएन । कविताकुमारी पनि विदेशमै हुनुहुन्छ रे । कल्पना सोव गृहजिल्लातिरै हुनुहुन्छ भन्ने छ । हामी स्पष्टीकरण लिन्छौँ,’ श्रेष्ठले भने ।

यस्तै प्रमुख प्रतिपक्षी दल एमालेका तीन सांसद पनि संसद्मा अनुपस्थित रहे । सांसदहरू राज्यलक्ष्मी गोल्छा, नेजमा आलम र बलबहादुर महत अनुपस्थित रहेको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले बताए । अत्यन्त जरुरी काम र बिरामीका कारण तीनजना सांसद अनुपस्थित भएको उनले बताए ।

सत्तारुढ माओवादी केन्द्रका कृष्ण धिताल, रवीन्द्रप्रताप शाह र योगेन्द्र घिसिङ मतदान प्रक्रियामा अनुपस्थित रहे । माओवादी केन्द्रकी सचेतक सीता नेपालीले सांसद धिताल बिरामी भएको र शाह लामो समयदेखि विदेशमा रहेकाले उपस्थित हुन नसकेको बताइन् । ‘योगेन्द्र घिसिङ पनि उपस्थित हुनुभएन । हामी उहाँसँग स्पष्टीकरण लिन्छौँ,’ उनले भनिन् ।

संघीय समाजवादी फोरम नेपालका सांसद श्रवणकुमार अग्रवाल पनि अनुपस्थित रहे । उनी बिरामी परेकाले उपस्थित हुन नसकेको संघीय समाजवादीका प्रमुख सचेतक डा. शिवजी यादवले बताएको खबर नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *