आमिरको नजरमा वास्तविक सुपरस्टार अक्षय कुमार

काठमाडौं, भदौ ६ । आमिर खानको आगामी फिल्म सुपरस्टारको गीत सार्वजनिकको अवसरमा आमिर खानले पछिल्ला दिन ट्वाइलेट फिल्मबाट सफलताको शुभकामना चाखिरहेका स्टार अक्षय कुमारका बारेमा बोलेका छन् ।

आमिर खान आफ्नो आगमी फिल्म सिक्रेट सुपरस्टार को पहिलो गीत कौंन हूंको सार्वजनिक कार्यक्रममा पुगेका थिए । यस अवसरमा आमिर खानले भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा वास्तविक सुपरस्टार अक्षय कुमार भएको बताए ।

जब सुपरस्टार्सको कुरा हुन्छ त सवैले तीन खानको नाम लिन्छन् तर मलाई लाग्छ वास्तविक सुपरस्टार अक्षय कुमार हुन् र कयौं अन्य हस्तीको नाम यसमा जोडिन आवश्यक छ, आमिरले भने ।

आमिर खानले शाहरुख खान र सलमान खानलाई फिल्म फ३ल भएको भनेर दुख व्यक्त नगर्न आग्रह गरेका थिए ।
उनले आफूहरुको काम क्रिएटिभ काम गर्ने भएको भन्दै फिल्म नचले पनि कोशिश गर्न पर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *