बार्सिलोना आक्रमण : अन्धाधुन्ध गाडी चलाउने अबूयाकूब मारिए

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ६ । बार्सिलोनामा अन्धाधुन्ध गाडी चलाएर आक्रमण गर्ने ड्राइभर यूनुस अबूयाकूब स्पेन प्रहरीको गोलीबाट मारिएका छन् । स्पेन प्रहरीले आक्रमणमा संलग्न व्यक्तिको खोजी कार्य गरिरहेको समयमा उनी मारिएको बताएको छ ।
प्रहरीका अनुसार अबूयाकूब नै भ्यान ड्राइभर हुन्, जसले बाटोमा हिँडिरहेका मानिसमाथि गाडी चढाएका थिए । घटनामा १३ जनाको ज्यान गएको थियो भने १०० जनाभन्दा बढी घाइते भएका थिए ।
अबूआयकूब लुकेर बसेको सूचना प्राप्त गरेपछि प्रहरीले घेरबबन्दी गरी उनलाई समात्न खोजेको थियो । भाग्न खोज्दा प्रहरीले चलाएको गाली लागि उनी मारिएका हुन् ।
सञ्चार माध्यमहरुले जनाएअनुसार अबूयाकूबले एउटा नक्कली विस्फोटक बेल्ट लगाएका थिए । सिसिटिभी फुटेजका आधारमा बार्सिलोना आक्रमणमा संलग्न २२ वर्षका अबूयाकूबको पहिचान भएको थियो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित