रेडबुल राष्ट्रिय महिला भलिबल पोखरामा आजदेखि हुने

पोखरा भदौ ६। हिन्दु नारीहरुको महान पर्व तिज पर्वको अवसरमा पोखराको लामाचौरमा आयोजना हुने छैटौं रेडबुल राष्ट्रिय महिला भलिवल प्रतियोगिता मंगलबार देखि शुरु हुदैछ । उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन शिवम न्यू डायमण्ड एकेडेमी र विभागीय नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सुशिल कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय स्तरका पाँच टिमको सहभागिता रहेको छ । समूह ‘ए’ मा न्यू डायमण्ड र नेपाल पुलिस क्लब तथा समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, पश्चिमाञ्चल र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *