पत्रकार महासंघ चुनाव : आचार्यको प्यानल अगाडि (प्रदेशको नतिजा सहित)
“
काठमाडौं, भदौ ६ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावको नतिजा आउने क्रम जारी छ । प्रदेशतर्फका केन्द्रीय सदस्यको नतिजा आइसकेको छ । खुलातर्फको केन्द्रीय सदस्यको नजिा भने आउन बाँकी छ ।
पदाधिकारीतर्फ भने प्रेस सेन्टर र युनियनका अध्यक्ष पदका साझा उम्मेदवार गोविन्द आचार्यले अग्रता लिएका छन् । मंगलबार बिहानसम्म खसेको १४४९ मतमध्ये १२०० मत गणना भइसकेको छ । पछिल्लो मतपरिणमअनुसार आचार्यले ५९३ मत प्राप्त गरेका छन् भने प्रेस चौतारीका अध्यक्ष पदका उम्मेदवार तीर्थ कोइरालाले ४९८ मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्षका स्वतन्त्र उम्मेदवार ४९ मत प्राप्त गरेका छन् ।
प्रदेशबाट निर्वाचित भएका केन्द्रीय सदस्य
प्रदेश १– चौतारीका सटेन्द्र जबेगू र युनियनका उद्धव तिमिल्सना विजयी ।
प्रदेश २ – सेन्टरका देवकुमार यादव र युनियनका शैलेन्द्र झा विजयी ।
प्रदेश ३ – चौतारीका द्वारिका काफ्ले र कृष्ण गिरी विजयी
प्रदेश ४ – चौतारीका रामकृष्ण ज्ञवाली र सेन्टरका नवीन कुइकेल विजयी
प्रदेश न ५ – सेन्टरका वसन्त गिरी र युनियनका पुरुषोत्तम सुवेदी विजयी
प्रदेश न ६ – युनियनका कलेन्द्र सेजवाल र सेन्टरका पुर्ण प्रसाद चौलागाईं विजयी
प्रदेश ७ – युनियनका मीन बम विजयी । चौतारीका उत्तर विष्ट र सेन्टरका श्याम भट्टको ४५/४५ बराबर मत ।
उपत्यका – प्रेस सेन्टरका लेखनाथ न्यौपाने र प्रेस चौतारीका गोबिन्द चौलागाईं विजयी ।
प्रतिष्ठान – सेन्टरका टीकाराम प्रधान र युनियनका यम विरही विजयी ।
एशोसिएट – युनियनका राधेश्याम दाहाल पवन अचार्य
“