जिल्लामा बाल अधिकारकोे क्षेत्र पहिलो सूचीमा

मुगु , भदौ ५ । मुगु जिल्ला भित्र मानव अधिकारका विविध क्षेत्रहरु मध्ये बालबालिकाको अधिकारको विषय पहिलो सूचीमा देखा परेको छ । राष्ट्रिय मानव अधिकार आयोग उप क्षेत्रीय कार्यालय जुम्लालेसर्वेक्षण गर्दा त्यस्तो देखिएको हो ।

आयोगले जिल्ला स्थित सरोकारवाला निकायहरुको उपस्थितीमा आज गमगढीमा आयोजना गरेको कार्यक्रममा जिल्लामा सबै भन्दा बढि बालबालिकाको अधिकार जटिल अवस्थामा रहेको बताएका छन् । जिल्लामा बाल बालिकाका अधिकार मात्र नभई हरेक क्षेत्रका अधिकार र पहुँचमा जिल्ला निकै पछाडी रहेको छायानाथ रारा नगर पालिकाका प्रमुख हरिजंग शाहीले बताउनुभयो ।

जिल्लाको मानव अधिकारको समग्र अवस्था बारे गरिएको सर्वेक्षण कागजमा मात्र सिमित नगरेर त्यसको न्युनिकरणका लागि पनि आयोगले काम गर्नु पर्ने शाहीको तर्क थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *