राष्ट्रपति भण्डारीद्वारा बाढी पीडितका लागि राहत प्रदान
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, भदौ ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पहिरोपीडितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी प्रदान गर्नुभएको छ ।
राष्ट्रपतिको कार्यालयका अनुसार सोही कोषमा जम्मा हुने गरी राष्ट्रपतिका विज्ञहरूबाट सात दिनको, सचिव, स्वकीय सचिवसमेतबाट पाँच दिनको, सहसचिवहरू, स्वकीयसमेतबाट तीन दिनको, उपसचिव तथा शाखा अधिकृतहरू स्वकीयसमेतबाट दुई दिनको र सहायकस्तरका सबै कर्मचारीहरू स्वकीयसमेतबाट एक दिनको तलब उक्त कोषमा जम्मा गरिएको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया