हराएको हिराको औँठी १३ वर्षपछि गाजरमा भेटियो


“
सायद भाग्य यसैलाई भन्छन् । अझ रोचक त के भने मेरीले हिराको औँठी हराएको कुरा आजसम्म कसैलाई पनि भनेकी थिइनन् । आफ्नो लोग्नेसँग पनि लुकाएकी थिइन् कुरा । तर छोरालाई भने आमाको औँठी हराएको थाहा थियो । औँठी हराएको कुरा लुकाउन उनले बजारबाट एउटा उस्तै देखिने सस्तो खालको औँठी किनेर लगाउने गरेकी थिइन् ।हराएको यति लामो समय हुुँदा समेत फेला नपरेपछि औँठी भेटिने आश उनले मारिसकेकी थिइन् । तर हालै उनले उक्त औँठी आफ्नै बगैँचामा फेला पारिन्, एउटा गाजरको साथमा ।
गत सोमबार मेरीकी बुहारीले जब खानका लागि करेसाबारीबाट एउटा गाजर उखेलिन् तब हिराको औँठीको रहसय पर्दाफास भयो । वर्षौँसम्म माटोमै रहेको औँठी गाजरमा उनिएको अवस्थामा फेला पारिन् बुहारीले । उखेल्ने बित्तिकै नै अनौठो देखियो गाजर, कम्मर छिनेको जस्तो । जब उनले गाजरलाई पानीमा पखालिन् तब त गाजरले हिराको औँठी लगाएको प्रष्टै देखियो । बीबीसी
“
