टीका पुन उत्कृष्ट तीज गायिका, ‘माइतघर…’ उत्कृष्ट तिज गीत


“
काठमाडौं, भदौ ५ । ‘छायाँछवी’ चौथो म्यूजिक अवार्ड–२०७४ मा गायिका टीका पुनले बाजी मारेकी छन् । उनी उत्कृष्ट तिज गायिका बन्न सफल भइन् । पुनले ‘युकेको सारी…’ बोलको गीतबाट उत्कृष्ट गायिका बन्दै अवार्ड हात पारेकी हुन् ।
पूर्णकला बिसीको ‘माइतीघर…’ उत्कृष्ट तिज गीत घोषित भयो । हरि विष्टले उत्कृष्ट तिज गीत शब्द र लयमा ‘नदी तिरैमा…’ बोलको गीतबाट अवार्ड चुम्न सफल भए भने सोही गीतबाट सञ्जय श्रीपाल उत्कृष्ट तिज गीत मिक्सिङको अवार्ड हात पार्न सफल भए ।
‘माइतीघर…’ बाटै विनोद बाजुराली एरेन्जर, विक्रम चौहानले उत्कृष्ट कोरियोग्राफरको अवार्ड चुम्न सफल भए भने आशिष म्यूजिक उत्कृष्ट म्यूजिक कम्पनी घोषित भयो ।
तिज म्यूजिक अवार्डको अवसर पारेर वरिष्ठ गायिका एवं संकलक चन्द्रकला शाहलाई छायाँछवि तिज संगीत स्रष्टा सम्मान २०७४ बाट सम्मानित गरियो । शाहलाई ११ हजार १ सय ११ रुपैयाँको नगद राशिसहित सम्मान गरिएको थियो । त्यस्तै पत्रकार गीत अधिकारीलाई छायाँछवि रंग पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो । उनलाई ५ हजार ५ सय ५५ राशिसहित सम्मान प्रदान गरिएको थियो ।
अवार्ड प्राप्त गर्ने स्रष्टा र सिर्जना
सर्वोत्कृष्ट तीज दोहोरी गीत, मिक्सिङ श्यामश्वेत रसाइली –माइती र चेली)
सर्वोत्कृष्ट तीज दोहोरी गीत, एरेन्जर कमल सौराग –लाज किन हो)
सर्वोत्कृष्ट तीज दोहोरी नवगायक, हरि गिरी विमर्शी (स्वामी राजै)
सर्वोत्कृष्ट तीज दोहोरी नवगायिका, स्मृति तिमिल्सिना –दिदीभाइ)
सर्वोत्कृष्ट तीज दोहोरी गीत शब्द, कस्तुप पन्त –हे शिव भगवान)
सर्वोत्कृष्ट तीज दोहोरी गीत लय, राजेन्द्र कँडेल –बजाइदेउ मादलु)
सर्वोत्कृष्ट तीज दोहोरी गायक, रवि थापामगर (माइती र चेली)
सर्वोत्कृष्ट तीज दोहोरी गायिका, सुनिता गुरुङ –हङकङको चुरा)
सर्वोत्कृष्ट तीज दोहोरी गीत कम्पनी, हमाल म्यूजिक प्रा.लि. (स्वामी राजै)
सर्वोत्कष्ट तीज दोहोरी गीत, मन्जु पौडेल –मेरा झर्के बुढा)
सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल पुरुष, सन्दिप न्यौपाने –नाच्नमा एक नम्बर)
सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल महिला, दीपाशा बिसी –मैना चरी)
सर्वोत्कृष्ट तीज गीत भिडियो सम्पादन, विष्णु शर्मा (म त नाच्दिन केरे)
सर्वोत्कृष्ट तीज गीत भिडियो छायाँकार, करण चैंसिर (आउँछ तिज)
सर्वोत्कृष्ट तीज गीत भिडियो नृत्य निर्देशक, विक्रम चौहान –माइतीघर)
सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक, प्रकाश भट्ट (माइती र चेली)
सर्वोत्कृष्ट तीज युगल गीत, लक्ष्मी न्यौपाने र शारदा बस्याल –झल्को माइती )
सर्वोत्कृष्ट तीज गीत मिक्सिङ, सञ्जय श्रीपाल –नदी तिरैमा)
सर्वोत्कृष्ट तीज गीत एरेन्जर, विनोद बाजुराली (माइतीघर)
सर्वोत्कृष्ट तीज गीत नवगायिका धनमाया राना –आँगनीको डिलैमा)
सर्वोत्कृष्ट तीज गीत शब्द, हरि विष्ट –नदी तिरैमा)
सर्वोत्कृष्ट तीज गीत लय, हरि बिष्ट –नदी तिरैमा)
सर्वोत्कृष्ट तीज गीत गायिका, टीका पुन –युकेको सारी)
सर्वोत्कृष्ट तीज गीत कम्पनी, आशिष म्यूजिक प्रा.लि. (माइतीघर)
सर्वोत्कृष्ट तीज मौलिक तिज गीत, पूर्णकला बिसी –माइतीघर)
जुरी अवार्ड, कोमल वली र प्रज्ञा शरद –म त नाच्दिन के रे)
इन्करेजमेन्ट अवार्ड, मधु क्षेत्री –पातै फरर)
इन्करेजमेनट अवार्ड एलिना खनाल –दाजु बहिनी
पपुलर अवार्ड, रञ्जिता गुरुङ –मेरै खुट्टाले
पब्लिक च्वाइस अवार्ड, स्वरुपा रसाइली –मिठो बोली)
“
