‘मेरो लागि गाडी र स्वागतका लागि मान्छे बटुल्न सकेनौँ हैन ?’ अब तिमीहरुको सरुवा गर्छु

काठमाडौँ, भदौँ ४ । देउवा सरकारमा ताल तालका मन्त्रीहरु छिरेका छन् । तिनै मन्त्रीहरुमध्ये सबैभन्दा काम नलाग्ने मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष तथा स्थानीय विकासमन्त्री विजय गच्छदार नै हुन् । उनीसँग पार्टीमा मर्ज भई मन्त्री बनेका एक भाइले आज रणाको मच्चाउन सम्म मच्चाए । हुन त बोटै गतिलो नभएपछि हाँगाविँगा त कहाँबाट सप्रन्छ ! आज भूमिसुधार मन्त्री गोपाल दहितले दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय दाङका एसपी दुर्गा सिंहलाई तथानाम गाली गलौँज गरेका छन् ।

मन्त्री दहितले दुवै जिल्ला अधिकारीलाई आफू जिल्लामा आउँदा आरामदायी गाडी र स्वागतका लागि मानिसहरू भेला नपारेको भन्दै ‘त त र म म’को शैलीमा तथानाम गाली गलौज गर्दै तुरुन्त गाडीको व्यवस्था गर्न अह्राएका थिए ।

आइतबार नेपालगञ्जको होटलतिर डुलेर दाङ पुगेका दहितलाई प्रमुख जिल्ला अधिकारीले मन्त्री एउटा सामान्य गाडी पठाएका थिए । तर, उनले दाङका कमलरीहरुलाई परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेको थियो । त्यसपछि गाडीतिर आँखा तरेसँगै सिडियो र प्रहरी प्रमुखलाई झपार्न थाले । ‘तिमीहरूलाई राम्रो गाडी र स्वागतका लागि मानिसहरू भेला गर्न आउँदैन ।’ उनी एकाएक कड्किए‘ यो थोत्रो गाडी मलाई लिन पठाएर तिमीहरूले के बेइज्जत गर्न खोजेको ? तिमीहरूको सरुवा गरिदिन्छु ।’

उनको धम्कीसँगै सातो पुत्लो उडेका प्रमुख जिल्ला अधिकारीले तत्कालै गृहमन्त्रालयमा फोन सम्पर्क गरेर आफूहरुलाई सरुवा नगर्न आग्रह गरेका थिए । तर, गृह मन्त्रालयले मन्त्रीको कुरामा विश्वास नगरी बाढीपीडितको राहतमा ध्यान दिन सुझाव दिएको थियो । थरुहट तराई पार्टी नेपालका नेता रहेका उनी विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग पार्टी एकता गरेसँगै मन्त्री बनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *