बाढी पीडित भन्छन्,‘अहिलेसम्म यस्तो राहत पाएका थिएनौँ’ (तस्विर सहित)

भाद्र ४, सप्तरी । अविरल वर्षापछि आएको बाढीका कारण घरबार विहिन बनेका सप्तरी कोइलाडी तिलाठी गाउँपालिका ४ का करिब २ सय २५ घर परिवारलाई राहत वितरण गरिएको छ ।

शुक्रबार काठमाडौंबाट राहत बोकेर हिँडेको टोली शनिबार विहान पीडितहरुको घर आगनमा पुगेर राहत वितरण गरेको हो । मधेसी दलित समुदायको बाहुल्यता रहेका पीडितहरु बाढीका कारण विस्थापीत भएका थिए ।

काठमाडौंमा सञ्चालित सञ्चार माध्यमहरुले बाढी पीडितकालागि राहत संकलन अभियान थालेका थिए । सुलभ मिडियाको संयोजनमा,मकालु खबर डटकम, दियोपोस्ट डटकम, हेल्प फर नेप्लिज र सल्लेरी खबर डटकमले सहयोग संकलन गरेका थिए ।

नेपाल राष्ट्रिय मारवाडी परिषद, जन प्रशासन क्याम्पस, न्यू समिट कलेज, टुगेदर वी क्यान ब्रिङ द चेन्ज, अपांग मैत्री समाज नेपाल लगायत सामाजिक संस्थाहरुले बाढी पीडितका लागि नगद तथा जिन्सी सामग्री उपलब्ध गराएका थिए ।

बाढीले घरबार विहिन बनेका मुसहर र दलित समुदायका प्रत्येक घर परिवारलाई चामल, त्रिपाल, बाल्टी, तेल, दाल, च्युरा, भुजिया, विस्कुट, चाउचाउ, मिठाइ लगायत अन्य खाद्य सामग्री वितरण गरिएको हो ।

शव पुर्ने ठाउँ नभएपछि बाढीमा बगाइदिएका कमलु सदाका बाबु फूदन सदाले राहत पाएपछि खुसी व्यक्त गरे । ‘सबै कुरा एकै ठाउँमा पाउँदा खुसी लाग्यो,’ उनले भने,‘सहयोगको आवश्कता अझै छ । त्रिपाल पनि हावाले उडाइहाल्छ ।’

अर्का बाढीपीडितन राजेश पासवान अहिलेसम्म यस्तो राहत नपाएको बताउँछन् । ‘हामीले यसरी मिलाएर सामान पाएका थिएनौँ । यो राहतमा धेरै कुरा छ,’ उनले भने,‘हामी खुसी लागेको छ ।’

यो क्षेत्रमा सरकारले पर्याप्त राहत वितरण गर्न सकेको छैन । भने, अझैपनि खेतका गराहरुमा पानी नै पानी देख्न सकिन्छ । मानिसहरू खाद्यान्न र बासको पिरले छट्पटाएका छन् । बालबालिकाहरु भोकै र नाङ्गै छन् ।

घरपालुवा पशुहरु डुवेर मरेका छन् तीनबाट निस्किएको दुर्गन्धका कारण गाउँमा गाउँमा महामारी फैलने त्रास छ । यो स्थानमा स्वास्थ्यकर्मीको अभाव पनि छ ।

मकालु खबरका अध्यक्ष फिलिप डिसीले बाढीका कारण सप्तरीका अधिकांश जनता प्रभावित भएकोमा राज्यले उद्दा र राहतमा खासै ध्यान नदिएको बताए । उनले पुनः दोस्रो चरणमा राहत दितरण गरिने बताए ।

 तस्विरः मकालु खबर

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *