साफ यु–१५ च्याम्पियनसिपमा बंगलादेशको विजयी सुरुआत

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ २ । साफ यु–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।
उद्घाटन खेलमा श्रीलंकालाई पराजित गर्दै बंगलादेशले विजयी सुरुआत गरेको छ । बंगलादेशले श्रीलंकालाई ४–० ले हराएको हो ।
प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी दक्षिण एसियाका ६ राष्ट्रका १५ वर्षमुनिको फुटबल टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
सहभागी राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा भारत र माल्दिभ्ससँगै नेपाल समूह ‘बी’मा रहेको छ ।
यस्तै, समूह ‘ए’मा बंगलादेश, श्रीलंका र भुटान रहेका छन् । समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
आयोजक नेपालले आफ्नो पहिलो खेलमा आगामी सोमबार माल्दिभ्ससँग खेल्नेछ ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित