‘पत्रकारको हक–हितका लागि काम गर्छौं’

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ २ । नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका उम्मेदवारहरुले पत्रकारको हक र हितका लागि काम गर्ने बताएका छन् ।
शुक्रबार राजधानीमा गरिएको साक्षात्कारमा अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतका पदहरुका उम्मेदवारहरुले आफू विजयी भए पत्रकारको हक–हितका लागि लड्ने बताएका हुन् ।
उनीहरुले महासंघलाई ट्रेड युनियन संरचनामा लैजानुपर्ने, न्यूनतम् पारिश्रमिक दिनुपर्ने र राजनीतिक दलको प्रभावबाट मुक्त गर्नुपर्ने बताएका थिए ।
उनीहरुले श्रमजीवी पत्रकारहरुको सुरक्षा गर्दै गैरपत्रकारहरुलाई हटाउन शुद्धिकरण गर्नुपर्ने पनि बताए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित