बाढीबाट १३५ जनाको मृत्यु, पीडितलाई दैनिक जनही ७० रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं, भदौ २ । सरकारले बाढीपीडितहरुलाई प्रतिदिन जनही ७० रुपैयाँका दरले नगद राहत दिने निर्णय गरेको छ ।

गृहमन्त्री जनार्दन शर्माले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर शनिबार (भोलि)देखि नै दैनिक राहत रकम वितरण गर्न बाढी प्रभावित जिल्लाहरुमा रकम निकासा भइसकेको दाबी गरे ।

बाढी–पहिरोबाट हालसम्म देशभरमा १३५ जनाको मृत्यु भएको, ७८ हजार बढी घर पूर्णरुपमा क्षतिग्रस्त भएको र १ लाख ४ हजार घरमा आंशिक क्षति पुगेको पनि गृह मन्त्रालयले जनाएको छ ।

हालसम्म ४० हजार ५०० जनाको उद्धार भएको जनाइएको छ ।

गृहमन्त्री शर्माले राहत वितरणकार्यलाई प्रभावकारी बनाउन एकद्धार प्रणाली लागू गर्न खोजेको तर्क पनि गरे ।

भारतले सीमावर्ती क्षेत्रमा एकलौटीरुपमा लगाएको बाँधका कारण सिंगो तराई डुबानमा परेको भन्ने सन्दर्भमा उनले प्रधानमन्त्रीको आगामी भारत भ्रमणकाक्रममा यस विषयमा भारतीय पक्षसँग कुरा गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *