संविधान संशोधन विधेयक पारित हुने महराको दाबी

भाद्र २, मकालु खबर । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधन विधेयक पारित हुने दाबी गरेका छन् । उपप्रधानमन्त्री महराले संविधान संशोधन विधेयक पारित गराउन प्रमुख प्रतिपक्ष एमालेले सहयोग गर्नेमा सरकार आशावादी रहेको पनि बताए ।

शुक्रवार जनकपुर विमानस्थलमा संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधान संशोधन विधेयक पारित गराउन सरकार लागि परेको बताएका हुन् । आगामी सोमबार संसद्मा संविधान संशोधन विधेयक निर्णयार्थ पेस हुँदैछ ।

उपप्रधानमन्त्री महराले आगामी असोज २ गते स्थानीय तह तेस्रो चरणको निर्वाचन हुनेमा शङ्का नगर्न पनि आग्रह गरे । उनले मङ्सिर पहिलो साता भित्र प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एउटै मितिमा गराउने गरी सरकारले तयारी गरिरहेको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *