घरमै काम गर्ने युवकले ढकालको हत्या गरेको खुलासा

भदौ २, काठमाडौँ । एक समय घरमै काम गर्ने युवकले बुढानीलकण्ठकी पार्वती ढकालको हत्या गरेको खुलेको छ । हत्याको आरोपमा प्रहरीले नुकाकोट घर भई तारकेश्वर बस्ने सुदामा लामिछानेलाई पक्राउ गरेपछि यो कुरा बाहिर अाएको हो । बुढानीलकण्ठ १ तौलुङस्थित छोरी गीताको घरमा बस्दै आएकी रुसुवाकी ५५ वर्षीया पार्वतीको साउन १२ गते आफ्नै घरमा हत्या गरी गरगहना लुटिएको थियो ।

प्रहरीका अनुसार हत्या आरोपमा पक्राउ परेका सुदामा गत वैशाखमा पावतीको घरमा काम गर्थे । झन्डै एक साता काम गरेका उनी एक हजार रुपैयाँ लिएर हिँडे । त्यसको, दुई महिनापछि सुमादा पासपोर्ट बनाउन पैसा माग्न पार्वती कहाँ पुगेका थिए । तर, पार्वतीले आफूसँग पैसा नभएको र छोरीलाई सोध्नुपर्छ भनेर फर्काइन् ।

आफूलाई पैसा चाहिएको र काम गर्दा सुनका गहना देखेकाले सुदामाले लुटपाटको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटना भएको दिन सुदामा साथीसहित तौलुङ पुगे । आफैँ कहाँ काम गरेका व्यक्ति भएकाले पार्वतीले भित्र बोलाइन् । तर, सुदामाको समूहले चोरीको योजना बनायो । सुदामाले नै भुईँमा लडाएर किचनमा रहेको हृयाम्मरले टाउकोमा हानेको र दराजमा रहेको सुनका गरगरहना चोरेर भागेको खुलेको छ ।

यो समूहले लुटेको गहना वनस्थलीमा रहेको दिपज्योती सुनचाँदी पसलमा १ लाख १५ हजारमा बेचेको थियो । अनुसन्धाका क्रममा प्रहरीले चोरीको गहना बेच्न सघाउने र खरिद गर्नेलाई समेत पक्राउ गरेको छ । प्रहरीका अनुसार हत्याका मुख्य अभियुक्त सुदामाले २०६३ मा जबरजस्ती करण मुद्दामा ८ वर्ष जेल सजाय पाएका थिए । उनी २०७१ मा छुटेका थिए तर, अर्को अपराध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *