सभापतिका लागि कुमारी गुरुङको उम्मेदवारी

अगष्ट १८, बेलायत । बेलायतमा रहेका नेपालीहरूको सङ्गठन नेपाली जनसम्पर्क समिति बेलायतको आउँदो सेप्टेम्बर १७ (असोज १) गते हुन लागेको अधिवेशनमा सभापतिका लागि कुमारी गुरुङले उम्मेदवारी दिनु भएको छ । गुरुङ नेपालमा हुँदा र बेलायतमा आई सकेपछि पनि नेपाली काँग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहदै आउनु भएको छ ।

गुरुङले, पार्टीको केन्द्र र बेलायतबासी सम्पूर्ण इष्टमित्र, साथीभाई सबै कांग्रेसजनहरुले आगामी नेतृत्व गर्न ठुलो हौसला, उच्च मनोबल प्रदान गरेको बताउनु भएको छ ।

प्रेस विज्ञती

बेलायतमा नेपालीहरूको आगमन सँगै लोकतन्त्रवादी नेपालीहरूको स्वतन्त्र बिचारको सङ्गठन नेपाली जनसम्पर्क समिति बेलायतको स्थापना हुनु सबै नेपालीहरूको सौभाग्यको सुवर्ण अवसर भएको मैले बुझेकी छु । व्यक्तिगत स्वार्थ डाह: रिस र ईगोले लामो समयदेखि विभिन्न समुहहरुमा विभाजित जनसम्पर्क समिति बेलायतका लोकतन्त्रवादी नेपालीहरूको एकताको कमीले गर्दा हाम्रो आपसी सद्धभाव, भाइ चारा र लोकतान्त्रिक मूल्य मान्यतालाई आत्म साथ गर्नु नसक्नुले हामी सधैँ छायाँमा परेको अनुभूति हुन्छ । नेपाली जनसम्पर्क समिति बेलायतलाई फेरी एकीकृत र सङ्गठित गर्न अब सब्बल योग्य र क्षमतावान नेतृत्वको जरुरत परेको छ ।

हामीले आफूलाई लोकतान्त्रिक विचारका संरक्षक र संवाहकको रूपमा परिचय गराउदै गर्दा नेपाली जनसम्पर्क समिति बेलायत लामो समयसम्म नभएको अधिवेशनलाई सधैँ बिर्सने गर्ने गरेका छौ । गत २००९ मा भएको जनसम्पर्क समिति बेलायतको अधिवेशन ८ वर्ष सम्म हुन नसक्नु तपाईँ हामी सबैको कमी कमजोरीको उपज हो म भन्न चाहन्छु । किन कि नेतृत्वले कुर्सी छाड्न नखोज्ने र हामीले अधिवेशन हुनुपर्दछ भन्ने एकै स्वरको आवाज बनाउन नसक्नु हामी सबैको जिम्मेवारी बराबर हो तर अब समय आई सकेको छ । हामी सबै लोकतन्त्र वादीहरु विभाजित होइन चार तारे झण्डामा गोल बन्द भई एकताको संदेशका साथमा सबैलाई समेटेर एकताबद्ध बनाई इतिहासको हरेक महत्त्वपूर्ण परिवर्तनको नेतृत्व गरेको गौरवशाली पार्टी नेपाली काँग्रेसलाई समय सापेक्ष नेपालको आवश्यकता अनुसार अझ सशक्त र क्रियाशील बनाउन बेलायतवासी नेपालीहरूलाई राष्ट्रियता, लोकतन्त्र र समाजवाद प्रति आस्थावान सम्पूर्ण नेपालीहरूलाई समन्वय गर्न अब महिला नेतृत्वको जरुरत भएको नेपाली जनसम्पर्क समिति बेलायतलाई ठुलो आभास भएको छर्लङ्ग देखिन्छ ।

नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन पुरुषहरुको आपसी जुँघाको लडाइको मानसिकताका साथ गुज्रिनु परेको सम्पूर्ण बेलायत निवासी लोकतान्त्रिक नेपालीहरूले गहिरो अनुभव गरेका छौ । त्येसैले, आगामी १७ सेक्टेम्वर २०१७ मा हुने अधिवेशनमा म नेपाली जनसम्पर्क समिति बेलायको सभापतिको पदमा उम्मेदवार दिने निर्णय यसै प्रेस विज्ञप्ति द्वारा मेरो उम्मेदवारी घोषणा गर्दछु ।

आदरणीय लोकतन्त्र प्रेमी दाजुभाइ तथा दिदी बहिनीहरू, हामी लोकतन्त्रबादी नेपालीहरू “”हामी भित्र म”” का स्वतन्त्र विचार र लोकतन्त्रका आदर्शहरु र नेपाली जनताका आधार भूत हक अधिकारहरूलाई लागी म मेरो बिधार्थी जीवन देखि नेपाली काँग्रेसको भातृसंगठन नेपाल बिधार्थी सङ्घ देखि आबद्ध भएर निरङ्कुश पंचायत व्यस्थाको विरुद्धको लडाई २०४६ सालको पहिलो जन आन्दोलन र ६२/६३ को दोस्रो जनन्दोलनमा १४ दिन प्रहरी खोरमा राखेर बर्बर याताना दिएको थियो । पार्टीको लागी त्याग तपस्या र समर्पन गरेकी छु ।

दोस्रो जनआन्दोलनमा गोरखा जिल्लाका महिला दिदीबहिनीहरुलाई साथमा लिएर नेतृत्वदायी भूमिका खेलेको इतिहासमा जगजायर छ । त्यकारण बताई रहनु पर्दैन । म २००६ साल देखि बेलायतको बसाइमा नेपाली जनसम्पर्क समिति बेलायतको साधारण सदस्य, क्रियाशील सदस्य, सभापति विनोद मोक्तानको कार्यसमितिमा कार्यकारी सदस्य, हुँदै आदरणीय सभापति लोक गुरुङको पहिलो कार्यकालमा कार्यकारी सदस्य दोस्रो कार्यकालमा उपासभापति रहदै अहिले गैर आवासीय नेपाली सङ्घ बेलायतको उपाध्यक्षमा कार्यरत छु ।

नेपालमा हुँदा वा बेलायतमा आई सकेपछि पनि नेपाली काँग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहदै आएकोले पार्टीको केन्द्र र बेलायतवासी मेरा सम्पूर्ण इष्टमित्र, साथीभाई सबै कांग्रेसजनहरुले मलाई आगामी नेतृत्व गर्न ठुलो हौसला, उच्च मनोबल प्रदान गरी धेरै उत्साहित र उमंगित बनाउनु भएको छ । नेपाली जनसम्पर्क समिति बेलायतको वर्तमान नेतृत्वले दिएको योगदानलाई सम्मान सहित निरन्तरता दिँदै आगामी दिनहरूमा परिबर्तनकारी भूमिका र समिति तथा नेपाली समाजलाई एकताबद्ध बनाउने अभियानको लागी प्रतिबद्धता ब्याक्त गर्दछु ।

त्येसैले, नेपाली जनसम्पर्क समिति बेलायतको एकताको आगामी अधिवेशनमा अनेताकतामा एकताको प्रतीक नयाँ योजना र कार्यक्रमहरूको साथमा नेपाली जनसम्पर्क समिति बेलायतको इतिहासमा पहिलो पटक महिला सभापतिमा मेरो उम्मेदवारी हुने जानकारी गराउदछु ।

धन्यवाद !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *