भारतीय बाँध विरूद सुस्ताबासीको यस्तो प्रहार


“
भदौ १, परासी । हालै अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासीको सुस्ता १ र २ मा डुबान भएपछि सुस्ताबासीले भारत तर्फ जाने नहरको बाँध भत्काएका छन् । सुस्ताबासीले पश्चिम गण्डक नहरका कारण डुबानमा परेको भन्दै बाँध भत्काएका हुन् । यद्यपि स्थानीय प्रशासनले स्थानयबासीलाई मनाउने प्रयास गरिरहेको छ । भने, नहरमा पानी खस्न दिएको छैन ।
झन्डै २०० को सङ्ख्यामा रहेका सुस्ताबासीले ८/१० मिटर बाँध भत्काइसकेका छन् । नहरको बाँधका कारण डुबानमा परेको भन्दै स्थानीयले फलामे पुल नजिकै नहरको बाँध भत्काउन पुगेका हुन् । उनीहरूले बाँध खनेर आफूहरुको खेतमा जम्मा भएको पानीको निकास दिनुपर्ने बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले स्थानीयबासी बाँधमा पुगेको स्वीकार गरे । ‘खेतको पानी नहरमा हाल्नुपर्यो भनेर स्थानीय पुगेका हुन् तर, हामीले भारतीय पक्षसँग कुरा गर्छौँ भनेर रोेकेका छौँ,’ रानाले भने । नारायणी नदीको पानी गण्डक जलविद्युत आयोजनाका लागि नहरमा ल्याइएको छ । विद्युत् उत्पादनपछि यो पानीलाई भारतले सिंचाईका लागि लैजाने गर्दछ ।
“
