अन्डर १५ साफ च्याम्पियनसिप सुरु हुँदै

२०७४ जेठ १५ गते

“
भदाै १, मकालु खबर । शुक्रवारदेखि काठमाडौँमा अन्डर –१५ साफ च्याम्पियनसिप प्रतियोगिता सुरु हुने भएको छ ।बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराइएको हो । प्रतियोगितामा नेपालले उपाधि चुम्ने लक्ष्य लिएको छ ।
नेपालको लक्ष्य उपाधि भएको प्रशिक्षक सुनिल श्रेष्ठले बताए । उहाँले पहिलो पटक हुन लागेको अन्डर–१५ साफमा घरेलु मैदानको फाइदा उठाउँदै आफ्नो टोली विजयी हुने दाबी समेत गरे ।
नेपाली टोलीका अधिकांश खेलाडी एन्फा एकेडेमीका छन् । नेपाली टोलीका कप्तान रोशन थापामगरले लामो समयदेखिको तयारी रहेको र टिमका सबै सदस्यले राम्रो खेले उपाधि जित्न कुनै समस्या नरहेको बताए । प्रतियोगिताको उदघाटन खेल समूह ‘ए’ का बङ्गलादेश र श्रीलंकाबीच हुनेछ । समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित